Naya Update

राहत वितरण प्रभावकारी र पारदर्शी वनाउन सरकारलाइ एमालेको आग्रह

Advertisement

कात्तिक २२, काठमाडौँ । नेकपा (एमाले) ले भूकम्प प्रभावितहरूलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार बसेको सचिवालयको बैठकले राहत वितरणमा ढिलाइ भएको र प्रभावकारी नभएको गूनासो आएको भन्दै यसलाइ चुस्त बनाउन सरकारलाइ अनुरोध गरेको हो ।

यस्तै एमालेले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न जिल्ला कमिटीहरुलाइ निर्देशन आग्रह गरेको छ ।

बुधबार दिउँसो बसेको सचिवालयको बैठकले माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठ मसान्तभित्र गरिसक्ने गरी समयसीमा बढाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियानका कारण माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठसम्म गर्ने गरी समयसीमा बढाउने निर्णय गरिएको उनले बताए ।

एमालेले यसअघि चैत मसान्तभित्रमा वडा तहका कमिटीहरूको अधिवेशन गरिसक्न मातहतका कमिटीलाई परिपत्र गरेको थियो ।

यस्तै एमालेले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय पनि गरेको छ । बैठकले मंसिर १ गतेदेखि स्वयंसेवक खटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search