Naya Update

कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा

Advertisement

भैरहवा, २६ कार्तिक । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् ।

दुइ दिने भ्रमणमा रूपन्देही आएका उनले नवलपरासीको रामग्राक नगरपालिका स्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गरेका हुन् ।

उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी ब्यक्त गरे ।

कोरियाकै ठूलो ब्यापारीक प्रतिष्ठान मध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस क्षेत्रमा राजगारीको अवसर श्रृजना भई सरकार–सरकार तथा ब्यवसायीक प्रतिष्ठान बिच पनि सम्बन्ध बिस्तार भएको गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर थापाले बताए ।

यस सँगै राजदूत पार्कले सोही प्राङण मै रहेको बजाज मोटरसाईकलको एसेम्बल प्लाण्ट र २ मेगावाटको सौर्य उर्जाको पनि अवलोकन गरेका थिए । सो पश्चात प्लानट परिसरमा बृक्षारोपण समेत गरेका छन् ।

राजदूत पार्कले नवलपरासी मै निर्माणाधिन अवश्थामा रहेको लक्ष्मी मोटर कर्पोरेशन प्राली अन्तर्गतको हुण्डाई कार एसेम्बल कारखानाको पनि अवलोकन गरेका थिए । लक्ष्मी मोटर कर्पोरेशनका कार्यकारी निर्देशक निराकर श्रेष्ठले कोरियाली कार कम्पनी हुण्डाईको बारे जानकारी गराएका थिए ।

अवलोकनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, पार्ककी श्रीमती, नेपालका लागि गणतन्त्र कोरिया दूतावासका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

यस्तै पहिलो दिन नै राजदुतले नेपाल भारत सिमा नाका बेलहियाको पनि अवलोकन गरेका छन । परिवारसहित आएका उनले सिमाको अवस्था र पुर्वाधारहरुको अवलोकन गरे । रुपन्देही आएको दोस्रो दिन राजदूत पार्कले बुद्ध जन्मस्थल मायादेवी मन्दिर र लुम्बिनीको अवलोकन गरी काठमाण्डौ फर्किएका छन् ।

राजदुत पार्कसहित श्रीमती यूनही चोङ, राजदूतावासका काउन्सिलर काङ, आर्थिक तथा विकास बिशेषज्ञ च्याङ हानले लुम्बिनी भ्रमण गरेका हुन् ।

राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए । राजदुत पार्कले मायादेवी मन्दिर, पुष्करणी पोखरी, अशोक पिल्लर सहित कोरियन, थाई, म्यानमार, कम्बोडियन मन्दिरको भ्रमण गरे ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search