Naya Update

चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे

Advertisement

बेइजिङ, ३० कार्तिक । चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त भवनबाट निकालिएका दर्जनौंमध्ये ६३ जनालाई अस्पताल लगिएको थियो।

सरकारी सञ्चालित बेइजिङ युथ डेलीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट गरेको भिडियोमा भवनबाट आगो र बाक्लो धुवाँ निस्किरहेको देखाइएको छ। यो देशकै सबैभन्दा धेरै कोइला उत्पादन गर्ने प्रान्तमा आगलागी भएको हो ।

सरकारी सञ्चारमाध्यमले यसअघि आगो नियन्त्रणमा आएको जानकारी दिएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रमुख उद्योगहरूमा लुकेका जोखिमहरू छानबिन गर्न निर्देशन दिएका छन्।

एपेक शिखर सम्मेलनका लागि हाल सान फ्रान्सिस्कोमा रहेका राष्ट्रपति सीले अधिकारीहरूलाई जनताको जीवन, सम्पत्ति र सामाजिक स्थिरताको सुरक्षा गर्न पनि निर्देशन दिएको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

गत अप्रिलमा राजधानी बेइजिङको एक अस्पतालमा भएको आगलागीमा २९ जनाको ज्यान गएपछि जनआक्रोश उत्पन्न भएको थियो र धेरैले घटनाबारे रिपोर्ट नगरिएको र बिरामीका आफन्तहरूलाई पहिले नै किन जानकारी नगरिएकोमा प्रश्न उठाएका थिए भने गत अक्टोबरमा पनि उत्तर पश्चिमी यिनचुआन प्रान्तको एक बारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search