Naya Update

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

Advertisement

धनगढी, १३ मङ्सिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।

लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट ज्यान गएको हो।

घेराघाटका डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरूको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगन्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो।

टीकापुर अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्। अधिकारीमाथि लम्कीका युवाहरूले कुटपिट गरेका थिए।

प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। लम्की–चुहा नगरपालिका–९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अशोक कुँवर, २३ वर्षीय नवीन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू लम्की चुहा नगरपालिका वडा नम्बर ९ का हुन्। ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search