Naya Update

शुक्रबार बिहान ६ बजे सर्भर डाउन हुँदा एनओसी वितरण रोकियो

Advertisement

२ पुष, काठमाण्डौं  — सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ।

सरकारले भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकिरहेको छैन ।

तीन/चार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ।

यसै विच हस्तलिखित एनओसी दिने तयारी गरिएको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने बताए । ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म अनलाइनबाट नभए आजदेखि हस्तलिखित भए पनि एनओसी वितरण गर्छौं,’ उनले भने।

गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको थियो । सर्भर बनेपछि सेवा सुरू गरिने भन्दै शिक्षा मन्त्रालयअन्तर्गत उच्च शिक्षा शाखाले सूचना टाँस गरेको थियो। तर भिसा तयारी गरेका तथा भिसा लागेर गन्तव्यका लागि उड्ने तयारी गरिरहेका विद्यार्थीहरूले भने छिटो एनओसी उपलब्ध गराउन माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा न...
कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ। ...
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । ...
गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको '...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search