Naya Update

सामाजिक प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा क्रस मेसेजिङको सुविधा बन्द हुँने

Advertisement

२ पुस, काठमाण्डौं – मेटाले आफ्नो फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई चाँडै ठूलो झटका दिने तयारी गरिरहेको छ। मेटाले आफ्नो सामाजिक प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा क्रस मेसेजिङको सुविधा बन्द गर्ने भएको छ ।

अब इन्स्टाग्राम प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा म्यासेज र फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राम डाइरेक्ट म्यासेजमा म्यासेज गर्न पाउने छैनन् । मेटाले तीन वर्षअघि यो सुविधा दिएको थियो । यो सेवा बन्द गर्नुको कारणबारे कम्पनीले जानकारी दिएको छैन ।

एक रिपोर्ट अनुसार, इन्स्टाग्राम प्रयोगकर्ताहरूले क्रस एप मेसेजिङ सम्बन्धी अलर्टहरू प्राप्त गरिरहेका छन्। यो सेवा डिसेम्बर मध्यसम्ममा बन्द हुने चेतावनीमा भनिएको छ । राहतको खबर यो हो कि यो सेवा बन्द भएपछि पनि प्रयोगकर्ताले च्याट हिस्ट्री हेर्न सक्नेछन् ।

सेवा बन्द भएपछि, तपाईंले नयाँ च्याट गर्न सक्नु हुनुहुने छैन, तर तपाईंले आएका सन्देशहरू हेर्न सक्नु हुनुहुनेछ। इन्स्टाग्राम जस्तै, यस प्रकारको अपडेट फेसबुकमा पनि उपलब्ध हुनेछ, अर्थात् फेसबुक प्रयोगकर्ताहरूले इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई सन्देश पठाउन सक्ने छैनन्, तर पुराना च्याटहरू हेर्न सकिनेछ। इन्स्टाग्राम र फेसबुक मेसेन्जर एपहरूमा क्रस मेसेजिङ सुविधा २०२० मा सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search