Naya Update

नेकपा (एकीकृत समाजवादी) ले स्थगित गर्यो सबै जिल्ला अधिवेशन

Advertisement

३ पुस, काठमाण्डौं – नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी गराए ।

उनले भने, ‘कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकोले माघ १४ र १५ गते बस्ने एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय भएको छ,’ ।

उनले बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने, केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा पनि छलफल भइरहेको बताए ।

‘छलफलको केन्द्रविन्दु केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? निर्वाचनको विधि कसरी गर्ने ? प्रत्यक्ष निर्वाचन गर्ने कि महाधिवेशन हलबाट, प्रतिनिधिबाट । महाधिवेशनबाट केन्द्रीय परिषद् छानेर, केन्द्रीय परिषद्ले केन्द्रीय कमिटीको निर्वाचन गर्ने, केन्द्रीय कमिटीले पदाधिकारीको निर्वाचन गर्ने हो कि ? भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘संगठनको संरचनालाई कसरी लैजाने भन्ने बारेमा पनि छलफल भइरहेको छ । विधानमा ७० वर्षको उमेरको सीमा तोकेका थियौं । यो विषयमा पनि कसरी अघि बढ्न र सबै खालका उमेर समूहलाई समेटेर सबैलाई मिलाएर लैजाने छलफल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search