Naya Update

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

Advertisement

५ पुस, काठमाण्डौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ ।

बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले ‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने’ बताएको छ ।

‘एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मसहित अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सद्‌भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको’ राप्रपाको ठहर छ ।

“राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछ । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन । त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search