Naya Update

अध्यादेशमार्फत भएपनि संघीय निजामती ऐन ल्याइने छ: धनराज गुरुङ

Advertisement

७ पुस, काठमाण्डौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सञ्चालनमा ढिलाइ भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याइने बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलाइ भए अध्यादेशमार्फत ल्याइने जानकारी दिए । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिटै संघीय कानुन पारित गर्ने तयारीमा सरकार रहेको समेत उनले उल्लेख गरे ।

“प्रदेशहरूले झन्डा त पायो, दण्ड पाएन भन्ने कुरा आयो । निश्चित रूपमा झन्डा त पायो प्रदेशमा, तर हामी दण्ड नपाउने परिस्थिति अन्त्य गर्दै छौँ । छिटै अन्त्य गर्दै छौँ । महत्त्वपूर्ण ऐन, कानुन, शिक्षा विधेयक जसले संघीयता कार्यान्वयनको एउटा पाटो हो, मिनि संसद्मा विचाराधीन छ । संघीय कर्मचारी ऐन अर्को पाटो हो भने संघीय प्रहरी ऐन अर्को पाटो हो,” उनले भने, “हामी छिटोभन्दा छिटो सके छिटै संसद् बस्ने भयो भने संसदबाटै यी विधेयक पारित गरेर ल्याउँला, कार्यान्वयन गरौँला । यदि, संसद् १५–२० दिन ढिला हुने भयो भने अर्को बाटो पनि हामीले अवलम्बन गर्न सक्छौँ । कानुन लिएर आउने अर्को बाटोमा पनि जान सक्छौँ । जसरी पनि महत्त्वपूर्ण ऐनहरू लिएर आउने हो, कार्यान्वयन गर्ने हो र हाम्रो श्रद्धेय सभापति (शेरबहादुर देउवा)ले भनेझैँ झन्डा मात्रै बोकेर हिँडेको प्रदेशलाई दण्ड पनि दिइहाल्ने हो ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search