Naya Update

कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

Advertisement

८ पौष, काठमाण्डौं – कोभिड-१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । 

दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो । 

‘कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको ‘जेएन.१’बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,’ डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् ।

उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा ‘जेएन.१’ फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो दरमा छ । विशेषगरी यतिबेला जाडो मौसम हुने देशहरुमा अन्य भाइरल र ब्याक्टेरियाको संकमण हुने र त्यही बीचमा कोभिड-१९ ले पनि संक्रमण गर्न सक्ने डब्लूएचओको अनुमान छ । ‘चिसोका कारण विभिन्न समस्याहरु देखिन सक्छन् । त्यसकारण सामान्य अस्वस्थता हुने बित्तिकै चिकित्सकको सल्लाह लिइहाल्नु उपयुक्त हुन्छ,’ डा.क्षेत्रपाल सिंहले भने ।

कोभिडको नयाँ भेरियन्ट ‘जेएन.१’ भारतमा पुष्टि भइसकेको छ । तर नेपालमा भने अहिलेसम्म यसको संक्रमण पुष्टि भइसकेको छैन । यद्यपि कोभिड-१९ को संक्रमणका केसहरु भने छिटपुट देखिरहेका छन् । डब्लूएचओले जोखिममा रहेका व्यक्तिहरुले कोभिड-१९ र इन्फ्लुएन्जा विरुद्धको खोप लगाउनु उपयुक्त हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search