
११ पौष, काठमाण्डौं – यातायात व्यवस्था विभागले विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने भएको छ।
विभागले बुधबार एक सूचना जारी गर्दै लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ।
‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेको छ।
