Naya Update

‘ह्रस्व दीर्घ’  फिल्ममा साउथ अभिनेता  कबीर पनि  अनुबन्धित

Advertisement

११ पौष, काठमाण्डौं – चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाली र भारतीय कलाकारको संख्या ठुलो देखिएको छ । एकातिर फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको संख्या राम्रै छ ।

यसबीच, फिल्ममा अर्का साउथ अभिनेता कबीर दुहान सिंहको प्रवेश भएको छ । बुधबार निर्मात्री नीता ढुंगानाले एक पोस्टरमार्फत् फिल्ममा कबीर अनुबन्धित भएको जानकारी गराएकी हुन् । उनी तेलुगू, तमिल र कन्नड फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । उनले ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना ३’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेका छन् ।

अहिले चितवनस्थित सौराहामा फिल्मको दोस्रो चरणको छायांकन भैरहेको छ । कबीर र ‘गजनी’  भिलेन प्रदीप रावत केही दिनमा छायांकनका लागि नेपाल आउने जानकारी प्राप्त छ । फिल्मको पहिलो चरणको छायांकन भने भारतस्थित रामोजी फिल्म सिटीमा भएको थियो । अब नेपालमा एक महिना फिल्मको छायांकन हुने जनाइएको छ । फिल्मको लागत ७ करोड अनुमान गरिएको छ ।

फिल्मलाई भारतका विभिन्न भाषामा स्वरांकन गराउने तयारीमा निर्माण टिम छ । भारतमा ओटिटी प्लेटफर्ममा मात्र फिल्म रिलिज हुनेछ । ‘ह्रस्व दीर्घ’लाई भारतका छायाँकार कवीरलालले खिचिरहेका छन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता सफल हिन्दी फिल्म छायांकन गरिसकेका छन् । फिल्मलाई अर्को वर्षको अन्त्यतिर हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search