Naya Update

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

Advertisement

१३ पौष, काठमाण्डौं – क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो।

उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ ।

घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ ।

तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि लामिछाने विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० मा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।

कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए । थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले । उक्त मुद्दाको सुनुवाई पटकपटक जिल्ला अदालतमा हेर्दाहेर्दैकै सूचीमा परेर लम्बिँदै आएको थियो । मुद्दा दर्ता भएको करिब १४ महिनापछि शुक्रबार फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search