Naya Update

ललितपुरको बालकुमारीमा शुक्रबार मारिएकाका आफन्तले गरे न्यायिक छानबिन समिति गठन गर्न माग

Advertisement

१४ पौष, काठमाण्डौं –  ललितपुरको बालकुमारीमा शुक्रबार मारिएका वीरेन्द्र शाह र सुजन राउतका आफन्तले शनिबार न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । 

अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका आफन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरेका हुन् ।

‘प्रहरीको नेतृत्वमा बनेको समितिको हामीलाई विश्वास छैन । न्यायिक छानिबन समिति बनाउनुपर्‍यो र दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्‍यो,’ मृतकका आफन्तको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री दाहालको सचिवालयले भन्यो, ‘उनीहरूलाई सहिद घोषणा गर्नुपर्‍यो ।’

यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ ।

इपीएस परीक्षाका विषयमा शुक्रबार बालकुमारीमा प्रदर्शनका घटनामा परी जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search