Naya Update

लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको छैन: पुष्पकमल दाहाल

Advertisement

१६ पौष, काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संसारमा मानव जातिले लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको दाबी गरेका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गणतन्त्रका पक्षधर दलहरूले जनतालाई गणतन्त्रको महत्व अनुभूति गराउन नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ । यो कुरालाई हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ कि भन्ने लागिरहेको छ ।’

उनले गणतन्त्रको विकल्प गणतन्त्र र थप उन्नत गणतन्त्र मात्रै हुन सक्ने बताए । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प अझ विकसित लोकतन्त्र वा गणतन्त्र मात्रै हुनसक्छ । हामीले जनतालाई लोकतन्त्रको अनुभूति गराउन सकेनौँ कि भनेर हामीले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको मैले ठानेको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search