Naya Update

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा रनवेमै विमानसँग ठोक्किएपछि आगलागी

Advertisement

१७ पौष, काठमाण्डौं  – जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ ।

एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले बताएको छ । फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ ।

एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ । एनएचकेले दिएको जानकारी अनुसार उडान नम्बर ५१६ को जापान एयरलाइन्सको विमान होक्काइडोको उत्तरी प्रान्तको न्यू चितोसे एयरपोर्टबाट हानेदा प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। दाहाल शौचालयमा लडेर घाइते भएका हुन्। टाउको र...
कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

दक्षिण कोरियामा २५६९औं बुद्ध जयन्तीको अवसरमा भव्य रूपमा विशेष समारोह कार्यक्रम आयोजना हुने भएको छ। आगामी बैशाख २८ मा कोरिया स्...
कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस...

‘कनिष्ठ’लाई प्रअ नियुक्त गरेर शमीभञ्ज्याङ माध्यमिक विद्यालयका अध्यक्षको जापान ‘उडान’

धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती विवादमा परेको छ। विद्यालय व्यवस्थापन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search