दक्षिण कोरियामा रहेको सुदूरपश्चिमेलीहरुको साझा संस्था सुदुरपश्चिम् समाज दक्षिण कोरियाले कोरियन नववर्षको अवसर पारी एक कार्यक्रम आयोजना गर्ने भएको छ। सुदूरपश्चिम समाज कोरियाले कोरियाको नववर्ष सालनालको अवसर पारी फेब्रुअरी ९ तारिखमा कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रममा सुदुरपश्चिमका प्रतिभावान कलाकार सहित साहित्यकार तथा देउडा खेलका मनोरञ्जनात्मक कार्यक्रम रहेको आयोजक समाजले बताएको छ। त्यसैबिच सुदुरपश्चिम् समाज कोरियाको विधान अधिवेशन पनि हुने आयोजक समाजले जनाएको छ
सुदूरपश्चिम समाजले संस्थालाई थप उन्नत, सेवामुखी, अग्रमुखी र अझै दरिलो बनाउनको निमित्त पनि कार्यक्रम आयोजना गर्न लागेको बताएको छ। उक्त कार्यक्रम दिउँसो १२:३० बजे राजधानी सौलमा आयोजना हुने आयोजले जनाएको छ।