Naya Update

कोरियाली भाषा परीक्षाका लागि डेढ दशकमा साढे ७ लाख नेपालीको आवेदन

Advertisement

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ ।

पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्दै आएको छ । त्यसका लागि नेपालमा भाषा परीक्षाको कक्षा सिक्छन् । भाषा परीक्षा सिकेर भाषा परीक्षा दिएर पास भएको खण्डमा नेपालीहरू कोरियामा रोजगारीका लागि जान पाउँछन् ।

यो क्रम विगत १६ वर्षदेखि निरन्तर चलिरहेको छ । कोरोना महामारीको समयमा रोकिएको थियो । त्यो बाहेक भने हरेक वर्ष कोरियाले नेपालसहित विभिन्न १६ देशबाट श्रमिकहरू लगिरहेको छ । नेपालबाट हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया पुगिसकेको ईपीएस कोरिया शाखाको तथ्यांक छ । हाल ४५ हजारको हाराहारीमा नेपालीहरू कोरियामा कार्यरत छन् ।

कोरियन भाषा परीक्षाका लागि सन् २००८ देखि सन् २०२३ सम्मको तथ्यांक हेर्दा ७ लाख ९९ हजार १६७ जनाले आवेदन दिएका छन् । जसमा ५ लाख ८५ हजार ९८९ जनाले परीक्षा दिएका छन् । आवेदन दिएका ७ लाख ९९ हजार १६७ मध्ये १ लाख ६४ हजार ७१६ जनाले हालै मात्रै आवेदन फारम भरेका हुन् । उनीहरूको परीक्षा मिति यकिन भइसकेको छैन ।

तीमध्ये ९६ हजार २२१ जना पास भएका छन् । त्यसमध्ये ८५ हजार ९३६ जनाले कोरियामा काम गर्न जानका लागि भन्दै जब एप्लिकेशन फर्म भरेका छन् । ईपीएस कोरिया शाखाको तथ्यांक अनुसार हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया पुगेर काम गरिसकेका छन् ।

केही समय अगाडिको रेकर्डमा १ लाख १ हजार २६८ जना कोरियामा पुगेको देखिएको हो । तर, हालसम्म १ लाख १० हजारभन्दा बढी कोरिया पुगिसकेका छन् । उनीहरूको विवरण अद्यावधिक गर्न बाँकी छ ।

ईपीएस कोरिया शाखाका अधिकृत कमल श्रेष्ठका अनुसार भाषा परीक्षाका लागि आवेदन दिँदा २८ अमेरिकी डलर आवेदन शुल्क तिर्नुपर्छ । त्यो हाल खल्ती मार्फत अनलाइन पेमेन्ट गर्नुपर्छ ।

 

त्यो पैसा ईपीएस कोरिया शाखाले सिधै कामदार छनोट गर्ने कोरियाको सरकारी निकाय एचआरडी कोरियालाई पठाउँछ । र परीक्षा सम्पन्न भएपछि एचआरडीले ८ डलर ईपीएस कोरिया शाखालाई फिर्ता पठाउँछ ।

 

हालसम्म वैदेशिक रोजगारीका लागि कोरिया जान आवेदन दिएका ७ लाख ९९ हजार जनाले २ करोड २३ लाखभन्दा बढी अमेरिकी डलर विदेश पठाएका छन् । त्योमध्ये ६३ लाख ९३ हजार डलर एचआरडीले नेपाललाई फिर्ता पठाएको छ ।

 

एचआरडीले नेपाललाई फिर्ता गर्ने रकम ईपीएस शाखा कार्यालयको कोषमा जम्मा हुने गरेको छ । कार्यालयले आफ्नो सञ्चालन खर्च त्यही पैसाबाट बेहोर्ने गरेको छ । हालसम्म कोषमा २५ करोडको हाराहारीमा रकम जम्मा भएको ईपीएसले जनाएको छ ।

 

कोरिया जाँदा झण्डै २ लाख खर्च : 

 

ईपीएस मार्फत कोरिया जाँदा सरकारी तहबाट पठाइन्छ । सरकारले शून्य लागत तथा न्यूनतम १० हजार रुपैयाँ शुल्क लिएर मात्रै कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने दाबी गर्दै आएको छ । तर, कोरियामा भने सरकारी तरहबाट नै जाँदा पनि झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

 

२८ डलर आवेदन शुल्क, ६३ डलर पूर्व प्रस्थान अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, हवाई टिकट लगायतमा झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको हो ।

 

श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले कोरियामा पठाउँदा झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको बताए । हाल हवाई भाडा मात्रै ८९५ अमेरिकी डलर तिर्दै आएका छन् । यसअघि १२०० अमेरिकी डलर भाडा तिर्दै आएका थिए । गत २०७९ को माघबाट लागूहुनेगरी भाडा घटाइएको थियो ।

 

हाल हवाई भाडा, आवेदन शुल्क लगायत गरेर हाल २ लाख रुपैयाँ तिर्दै आएका हुन् । यसका अलावा ईपीएस भाषा पढ्नको लागि नेपालीहरूले दसौँ हजार रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालमै सञ्चालित भाषा कक्षा सेन्टरहरूले प्रति व्यक्ति १० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेका परीक्षार्थीहरूको भनाइ छ ।

रातोपाटी अनलाइनमा पत्रकार कृष्ण सिंह धामीद्वारा प्रकासित सामग्री 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search