Naya Update

विराट र अनुष्का दोस्रो सन्तानको पर्खाइमा

Advertisement

बलिउड अभिनेत्री अनुष्का सर्मा र चर्चित क्रिकेटर विराट कोहली छिट्टै नै दोस्रो सन्तानको अभिभावक बन्ने पक्का भएको छ। दक्षिण अफ्रिकी पूर्व क्रिकेटर ए.बि डिविलियर्सले इन्स्टाग्राम लाइभमा आफ्ना फ्यानहरुसँग विराट र अनुष्का दोस्रो सन्तानको पर्खाइमा रहेको खुलासा गरेका हुन्।

डिविलियर्स विराट आवद्ध रहेको रोयल च्यालेन्जर्स ब्याङ्गलोर क्लबका पूर्व खेलाडी एवं उनका मित्र समेत हुन्। ती क्रिकेटरले आफ्ना फ्यानसँगको विशेष कुराकानीमा यो कुरा भनेपछि विराट कोहली र अनुष्का शर्माका फ्यानहरू खुसीले उफ्रिरहेका छन्।

शनिबार भारत र इङ्ल्यान्डबीच भएको ५ म्याचको श्रृंखलाबारे बुझ्न आफूले विराट कोहलीलाई फोन गरेको डिभिलियर्सले जनाए। सो क्रममा उनले कोहली ठीकठाक रहेको, परिवारसँग समय बिताउँदै बसेको तथा कोहली दम्पती दोस्रो सन्तानको पर्खाइमा रहेको बताएका थिए।

प्रशंसकलाई उनले यस्तो बताएपछि यो खबर अहिले भाइरल बनिरहेको छ।

एबी डिभिलियर्सले परिवारलाई प्राथमिकतामा राख्ने विराट कोहलीको कदमको प्रशंसा गरे। विराट कोहलीले व्यक्तिगत कारण देखाउँदै इंग्ल्यान्डविरुद्धको शृंखलाको पहिलो दुई टेस्टबाट पछि हटेका छन् र बीसीसीआईले एक विज्ञप्तिमा फ्यान र मिडियालाई कोहलीको निर्णयको कारणको बारेमा अनुमान नगर्न आग्रह गरेको छ।

एबी डिभिलियर्सले लाइभ च्याटमा भने, ‘मलाई थाहा छ उहाँ ठीक हुनुहुन्छ। उनले आफ्नो परिवारसँग केही समय बिताइरहेका छन्, जसका कारण उनले पहिलो दुई टेष्ट खेल खेलिरहेका छैनन्।’

उनले अघि भने, ‘उनी ठीक छन्, राम्रो गरिरहेका छन् । हो, उनीहरु दोस्रो बच्चाको प्रतीक्षामा छन्। यो पारिवारिक समय हो र यो समय उनीहरुका लागि महत्वपूर्ण छ । यसका लागि तपाई विराटलाई न्याय गर्न सक्नुहुन्न। हो, हामी उनलाई मिस गर्छौं । तर उहाँले एकदम सही निर्णय गर्नुभयो।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search