Naya Update

जन्मोत्सवको अवसरमा ममता चन्दद्वारा बृद्धाश्रममा खाद्यान्न तथा फलफुल वितरण

Advertisement

महेन्द्रनगर। चैत्र २

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १५ गोबरिया जन्मेकि ममता चन्दले अाफ्नाे जन्मोत्सवको अवसरमा बृद्धाश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेकी छन्।

भीमदत्त नगरपालिका १५ जन्मेकी ममता चन्द हाल अध्ययनको सिलसिलामा अस्ट्रेलिया रहेकी छन्। अष्ट्रेलियामा जन्मोत्सव मनाए पनि स्वदेशमा रहेको बृद्धाश्रममा फलफूल,मिठाई साथ अाफन्त मार्फत खाद्यान्न उपलब्ध गराएको चन्दले बताउनुभयो।

बेल्डाँडी गाउँपालिका वडा नम्बर १ का चक्र बहादुर शाह संग विवाह गरेकी चन्द हाल अस्ट्रेलियामा अध्ययन गरिरहेकी छन्। दुबै जना अस्ट्रेलियामा रहेका छन्। सामाजिक सद्भाव संगै सामाजिक कार्यका लागि बृद्धाश्रममा जन्मोत्सवको अवसरमा खाद्यान्न साथ मिठाई ,फलफुल वितरण गरेको उनका श्रीमान चक्र बहादुर शाहले बताए।

उनका अनुसार बेदकोट नगरपालिका ८ रौटेला स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र बृद्ध आश्रमका जेष्ठ नागरिकलाई खाद्यान्न संगै फलफुल वितरण गरिएको छ । जसमा फलफुल, मिठाई ५ के.जि र खाद्यान्नमा चामल २ कट्टा, १० लिटर खाने तेल, ५ के.जि दाल नुन, २ पेटि चाउचाउ लगायत खाद्यान्न सामग्री सहयोग गरेको हो।

आफू विदेशमा अध्ययनको सिलसिलामा भएपनि स्वदेशमा रहेका बृद्ध आमा बुबा लाई अप्रत्यक्ष रुपमा सहयोग गर्न पाउदा आफू हर्षित भएकी चन्दले बताईन्। उनले भनिन्, ‘आगामी दिनमा यसरी सामाजिक कार्यमा सधै सहयोग गर्ने छु।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search