Naya Update

२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

Advertisement

दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा ‘लोटस लालटेन परेड’ नामक कार्यक्रमको आयोजना हुने भएको छ।

गत शुक्रबार नेपाली राजदूतावास दक्षिण कोरिया ‘सिओल”ले विज्ञप्ति जारी गर्दै बुद्ध जयन्तीमाको अवसर पारी नेपाल बौद्ध परिवारको सँगको संयुक्त आयोजनामा कार्यक्रमको तयारी अगाडि बढेको जनाएको हो।

विगत १,२०० बर्षदेखि बुद्ध जयन्तीमा कोरियामा हुँदै आएको परेडमा नेपाल बौद्ध परिवारको आयोजनामा नेपालीहरुको समेत सहभागिता रहदै आएको छ। यसबर्ष बैशाख २९ गते शनिबार दोङगुक विश्वविद्यालय स्थित ‘ग्रान्ड प्लेग्राउण्ड’ मा ३ बजेर ४५ मिनेट अगावै कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रमले बुद्ध तथा लुम्बिनीको प्रचारमा थप टेवा पुग्ने जनाएको छ। यस बर्ष नेपाल-कोरियाको कुटनितीक सम्बन्धले ५० बर्ष पार गरेको अवसर रहेको हुँदा पनि संयुक्त आयोजनामा परेडको तयार गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

विगतका कार्यक्रममा नेपालीहरुको सहभागीता न्यून रहने कारणले बुद्धप्रतिको श्रद्धा र प्रचार प्रसारमा नेपालीहरु उदासिन देखिएको दूतावासको ठहर छ।

परेडमा बिचबाट प्रवेश गर्नाले आयोजकको नियम उल्लङ्घन हुन गएको र अनुशासन कायम नभएको जस्ता गुनासाहरु आउने गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसको व्यवस्थापनको लागि यस बर्ष आयोजना हुने परेडमा ३.४५ बजे भित्रै ‘दोङगुक विश्वविद्यालय’ मा पुगेर सहभागी भई आउने व्यवस्था अनुसार सहयोग गर्न आयोजकले अनुरोध गरेको छ।

आयोजकले कोरियामा रहेका नेपाली समुदायलाई अनुशासित भएर परेडमा सहभागी हुन अपिल गरेको छ। कार्यक्रम सम्बन्धि विस्तृत जानकारीका लागि नेपाल बौद्ध परिवारले सम्पर्कका लागि व्यक्ति र सम्पर्क नम्बर समेत जारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search