Naya Update

सोनसिक द्वारा चितवन स्थित एक विद्यालयमा गाजाबाट बनेका झोला वितरण

Advertisement

दक्षिण कोरियामा अध्ययनरन नेपाली विद्यार्थीहरूले चितवन स्थित एक विद्यालयका विद्यार्थीहरूलाई गएको सोमबार गाजाबाट बनेका झोला वितरण गरेका छन्।

कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) ले चितवनको राप्ती नगरपालिका वडा नं-८ स्थित बहिरा आधारभुत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई सोनसिक (सोनसिक) छात्रवृत्ति कार्यक्रम अन्तर्गत गत १७ गते सहयोग गरेको हो।

सोनसिक छात्रवृत्ति कार्यक्रमका लागि सेन्टवी नामक रेमिटान्सले गत मार्च महिनामा नेपालमा पैसा पठाउदा लाग्ने हरेक रेमिट्यान्स सेवा शुल्कबाट ५०० कोरियन वन (लगभग रू ५०) का दरले जम्मा गरेर सहयोग रकम उपलब्ध गराएको थियो ।

छात्रवृत्ति वितरणका लागि भने नेपाली मिस इन्टरनेसनल सिता सुवेदीले समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै झोलामा राख्ने शैक्षिक सामग्री कपी र कलमका लागि थप सहयोग उपलब्ध गराएकी थिइन्।

त्यस्तै गरि सोनसिक(सोनसिक)को सहयोगमा डे केयर चितवनको लागि बैशाख १८ गते वौद्दिक अपाङ्गता भएका बालबालिकाका लागि पनि हेम्पबाट उत्पादित शैक्षिक ब्याग वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search