Naya Update

ईपीएस मार्फत वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने कोरियाको तयारी

Advertisement

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वन्यजन्तु क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदारलाई यो वर्षको अन्त्यमा लैजाने गरी गृहकार्य भइरहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले बताए ।

‘नेपाली श्रमिकहरूले दक्षिण कोरियाको अर्थतन्त्रका लागि योगदान गरिरहेका छन्,’ दक्षिण कोरियाली दूतावासले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत पार्कले भने, ‘नेपालबाट अहिलेसम्म ईपीएसअन्तर्गत उत्पादनमूलक, कृषि, सेवामूलक र शिक्षा क्षेत्रमा कामदार कोरिया गएका छन् ।’ दूतावासका अनुसार हालसम्म एक लाखभन्दा बढी नेपाली कोरियामा काम गरेर फर्किसकेका छन् ।

हाल ४४ हजार नेपाली कोरियामा कार्यरत रहेको दूतावासले जनाएको छ । ‘अहिले उत्पादन, कृषि, सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाली गएका छन् । भविष्यमा वन्यजन्तु क्षेत्रमा पनि कामदारको जगत बसाल्ने व्यवस्था भएको छ,’ राजदूत पार्कले भने, ‘नेपालबाट कोरियामा रोजगार बढाउने योजना छ । १६ मुलुकबाट ईपीएस प्रणालीमार्फत गत वर्ष एक लाख लगिएकामा नेपालबाट सबैभन्दा बढी २० प्रतिशत लगिएको हो ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search