Naya Update

काँग्रेस महामन्त्री गगन थापा कोरिया आउँदै

Advertisement

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। आगामी जुलाई २८ मा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रबासमा नेपालीहरुको अबस्था लगायतका विविध बिषयमा गहन छलफल हुने बताइएको छ।

मे महिनाको १९ तारिक आईतबारका दिन जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको संयुक्त बैठकले जुलाई महिनाको २८ तारिक आईतबारका दिन कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन्।
सबै राजनीतिक दल, सामाजिक सङ्गठनका उपल्लो निकाय लगायत सबैको चासो, गुनासो र जिज्ञासालाई सुन्ने र मनन गर्ने गरी विदेशमा रहेका नेपालीहरूको समस्या समाधानमा काङ्ग्रेसको पहलकदमी लगायत बिबिध बिषयमा बृहत अन्तरकृया कार्यक्रम हुन लागेको र यो कार्यक्रम एउटा पार्टीको भन्दापनि समग्र नेपालीहरुको भएको हुदां कोरियाबासी सम्पुर्ण नेपालीहरुलाई जुलाई २८ को कार्यक्रममा सहभागी हुन समेत नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीले अपिल गरेका छन्।

जनसम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रमको भब्य तयारीका लागि सल्लाहकार प्रकाश धमलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुशील प्याकुरेल द्वारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

सुशील प्याकुरेल द्वारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न सरकारले गरेको सिफारिस अस्वीकार गरेका छन्। प्याकुरेलले आ...
दोस्रो एनआरएनए गोल्डकप प्रतियोगिता भब्यताका साथ सम्पन्न, किंरात राई यायोक्खा एफसी च्याम्पियन

दोस्रो एनआरएनए गोल्डकप प्रतियोगिता भब्यताका साथ सम्पन्न, किंरात राई यायोक्खा एफसी च्याम्पियन

साउदी अरब: दोस्रो एनआरएनए गोल्डकप २०२४ फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ। ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर ...
नेपाली राष्ट्रिय फुटबल टोलीलाई साउदीमा भब्य स्वागत

नेपाली राष्ट्रिय फुटबल टोलीलाई साउदीमा भब्य स्वागत

साउदी: खेलकुद क्षेत्रमा क्रीकेट निकै रौनक बढ्दो क्रममा रहेको बेलामा विदेशी भुमिमा सन् २०२६ को फिपा विश्वकप फुटबल अन्तर्गत छनोट खेल...
दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे संसदमा छानबिन गर्न माग

दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे संसदमा छानबिन गर्न माग

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे छानबिन गर्न माग गरेका छन् । ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search