Naya Update

नेपाली राष्ट्रिय फुटबल टोलीलाई साउदीमा भब्य स्वागत

Advertisement

साउदी: खेलकुद क्षेत्रमा क्रीकेट निकै रौनक बढ्दो क्रममा रहेको बेलामा विदेशी भुमिमा सन् २०२६ को फिपा विश्वकप फुटबल अन्तर्गत छनोट खेल युएई संग साउदी अरब पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलिलाई भब्य रुपमा स्वागत गरिएको थियो।

एक कार्यक्रम आयोजना गर्दै शुक्रबार नेपाली राजदुतावास र संयुक्त संघ संस्थाको आयोजनामा नेपाली राष्ट्रिय पुरुष खेलाडि, प्रशिक्षक र व्यवस्थापक लाइ स्वागत गरिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुले बताउनु भयो।

सन् २०२६ को फिपा बिस्वकप फुटबल अन्तर्गत छनोट प्रतियोगिताको लागि नेपाल बाट साउदी अरब दमाम पुगेको नेपाली राष्ट्रिय फुटबल पुरुष टोलि लाई नेपाली महामहिम राजदुत नवराज सुबेदि को प्रमुख अथित्यमा नेपाली राजदुतावास, एन.आर एन.ए, प्रवासी नेपाली एकता समाज, संघीय लिम्बुवान सामाजिक मन्च (लिम्बुवान एफ. सि), आदिबासी जनजाती महासंघ र युनाइटेड एफ सि, सुदुर पश्चिम् एफ. सि. लगायत सम्पुर्ण संघ सस्थाको संयुक्त आयोजनामा नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुलाइ स्वागत साथ मायाको चिनो प्रदान गरिएको थियो।

‘नेपाली राष्ट्रिय महिला टिमलाई केही महिना अगाडि सम्मान गरिएको थियो, आज आएर नेपाली पुरुष राष्ट्रिय पुरुष फुटबल टिमलाई एतिहासिक रुपमा पहिलो पटक खेल खेल्न साउदी आएको र स्वागत साथ मायाको चिनो हस्तान्तरण गरिएको हो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुले भने।’

फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ। जुन ६ मा साउदी अरेबियाको दमाम शहरस्थित प्रिन्स मोहम्मद बिन फाहाद स्टुडियोमा भएको खेलमा नेपाल ४-० ले अन्तरले पराजित भएको थियो। खेल हेर्न खेलाडीलाई हौशला दिनका लागि नेपाली राजदूत, पर्यटन दुत लगाएत ३ हजारभन्दा बढी नेपाली दर्शकहरूको उपस्थित रहेको थियो थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search