Naya Update

सुशील प्याकुरेल द्वारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

Advertisement

मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न सरकारले गरेको सिफारिस अस्वीकार गरेका छन्।

प्याकुरेलले आइतबार प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ लाई पत्र लेखेर राजदूत बन्न अस्वीकार गरेका हुन्। उनले पत्र पनि प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेका छन्।

 

‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत दिइएन,’ उनले पत्रमा उल्लेख गरेका छन्, ‘राजदूतजस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रूचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु। यस सन्दर्भमा राजदूत नियुक्तिसम्बन्धि विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु।’

उनले प्रधानमन्त्री दाहाललाई सम्बोधन गर्दै सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद दिएका छन्। साथै उनले राजदूत सिफारिस फिर्ता लिइदिन पनि आग्रह गरेका छन्।

 

‘दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु,’ उनले भनेका छन्।

प्याकुरेल नेकपा (एमाले) को कोटाबाट राजदूत सिफारिस भएका थिए। गत शुक्रबार प्याकुरेलसहित आठ जना राजदूत सिफारिस भएका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search