Naya Update

कोरियामा श्रमिकहरुको आगामी बर्षको न्युनतम तलब निर्धारण

Advertisement

इपिएस भाषा उत्तीर्ण गरि कोरियामा रहेका श्रमिकहरुको न्युनतम तलब निर्धारण भएको छ। न्युनतम तलब निर्धारण समितिको शुक्रबार बसेको ११औं बैठकले आगामी बर्ष सन् २०२५ का लागि न्युनतम तलब निर्धारण गरेको हो।

कोरियामा सन् २०२५ को सबै श्रमिकको न्युनतम तलब प्रति घण्टा १० हजार ३० वोन निर्धारण भएको छ। यो तलब पछिल्लो बर्ष सन् २०२४ को लागि निर्धारण भएको तुलनामा १ सय ७० वोन (१.७%) ले बृद्दी भएको हो। यो निर्णय आगामी जनवरी १ बाट लागु हुनेगरी महिनामा २ सय ९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत अन्य श्रमिकले न्युनतम तलब २० लाख ९६ हजार २ सय ७० वोन पाउनेछन।

ज्याला निर्धारण समितिको बैठकमा रोजगारदाता पक्षले प्रस्ताव गरेको १० हजार ३० वन प्रतिघण्टाको पक्षमा १४ मत र श्रमिक युनियनले प्रस्ताव गरेको १० हजार १ सय २० वन प्रती घण्टाको पक्षमा ९ मत मात्र खसेको थियो। बैठकमा कोरियाली ट्रेड युनियन महासंघ(केसिटियु) का ४ जना सदस्यले कम ज्याला वृद्धि र प्रक्रियाको विरोध गर्दै मतदान र सहभागिता जनाएका थिएनन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search