Naya Update

म्याग्दीमा कृषि उपज बिक्री नहुँदा किसान हैरान

Advertisement

पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गरेका अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक १४० लिटर दूध उत्पादन हुन्छ।

बेनी बजारमा प्रतिलिटर १४० रुपैयाँका दरले दूध बिक्री हुन्छ तर खड्का दाजुभाईले प्रतिलिटर १२० मा बिक्री गर्दा पनि बजार पाएका छन्। नजिकैको पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दूध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको छु’, उनले भने, ‘बर्खायाममा दूध धेरै हुँदा घ्यू बनाएर बेच्ने गरेका छौँ।’

एक वर्षअघि दुई सय २२ वटा बोयर जातका बाख्रा भएको बेनी नगरपालिका–४ डाडाखेतको एकता एग्रो फार्ममा यसपाली एक सय ८२ वटा मात्र छन्। मासुका लागि खसीबोका र पाल्ने पाठीहरुको माग घटेपछि बाख्राको सङ्ख्या घटाउँदै लगेको फार्मका सञ्चालक महेन्द्र बानियाँले बताए।

२५० बोट किवी लगाएका बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गत हिउँदमा फलेको १० क्वीन्टल किवी बेच्न पोखरामा भौतारिए। ‘व्यापारीले मसँगबाट प्रतिकिलो १५० का दरले किनेको किवी आँखै अगाडि २५० का दरले बेचेको टुलुटुल हेरेर बस्नुपर्‍यो’, उनले भने, ‘बजारमा लगेको किवी कुहाएर फाल्नु र घर ल्याउनुभन्दा व्यापारीले जति भने त्यति मूल्यमा बेचेर आए।’ रासस

फलफूल र तरकारी सस्तोमा पाइने हुँदा प्रतिस्पर्धा गर्न नसकेर किसानपलायन हुनुपर्ने अवस्था आएको बताए।
सडक यातायातको सहज पहुँच नभएको, भण्डारण र बजारको असुविधाका कारण बर्खायाममा कृषकले उत्पादन गरेको आलु, बन्दा, दूधलगायत कृषि उपजको बजारीकरणमा समस्या भएको हो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले गत हिउँदमा कृषक र व्यापारीलाई सम्पर्क गराएर आलु बिक्री गर्ने वातावरण बनाएको बताउँदै कृषि उपजको बजारीकरणका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विशेष योजना बनाउनुपर्ने बताए।

कृषि उपज बजारीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको जनाएको छ। सिंगामा ३० हजार किलोग्राम क्षमताको चिस्यान गृह सञ्चालन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालिपुलमा कृषि बजार स्थापना गर्न भवन निर्माण थालिएको बताए। रासस

 

 

 

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search