अमेरिकाको टेक्ससमा लुटेराको समूहले गोली हानी एक नेपालीको हत्या गरेका छन्।
टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ।
हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो। घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ।