Naya Update

Day: १४ श्रावण २०८१ १९:३६

भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो: सांसद मोदी

भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो: सांसद मोदी

नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधिसभा सांसद अमनलाल मोदीले बर्तमान गठबन्धन भ्रष्टाचारसम्बन्धी फाइल बन्द बनेको आरोप लगाएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुने बित्तिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताएका हुन्। मोदीले 'भ्रष्टाचारका विभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ कि हुन्न भन्ने हेर्न बाँकी रहेको' उल्लेख गरे । उनले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताए। त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए। सांसद मोदीले जनताको चाहना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने उल्लेख गरे।    …
Read More
पाथीभरामा ८ करोड भेटी मौज्दात

पाथीभरामा ८ करोड भेटी मौज्दात

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो। पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ। समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए। गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैंक…
Read More
लुटेरा समूहले गोली हानी अमेरिकामा एक नेपालीको हत्या

लुटेरा समूहले गोली हानी अमेरिकामा एक नेपालीको हत्या

अमेरिकाको टेक्ससमा लुटेराको समूहले गोली हानी एक नेपालीको हत्या गरेका छन्। टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ।   हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो। घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search