नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधिसभा सांसद अमनलाल मोदीले बर्तमान गठबन्धन भ्रष्टाचारसम्बन्धी फाइल बन्द बनेको आरोप लगाएका छन्।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुने बित्तिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताएका हुन्।
मोदीले ‘भ्रष्टाचारका विभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ कि हुन्न भन्ने हेर्न बाँकी रहेको’ उल्लेख गरे ।
उनले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताए। त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए।
सांसद मोदीले जनताको चाहना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने उल्लेख गरे।