नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल एयरलाइन्सबाट दक्षिण कोरिया आउने बाटो खोल्न तत्काल पहल गर्ने बताएका छन्।
नेपाली जनसम्पर्क समिति कोरियाद्वारा आयोजित बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन कोरिया पुगेका थापाले नेपाल एयरलाइन्स कोरिया सम्म आउने बाटो खुलाउन आफुले पहल गर्ने बताएका हुन्। उनले कोरियाबाट फर्केको भोलिपल्ट संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री बद्री पाण्डेयलाई भेटेर पहल गर्ने आश्वासन व्यक्त गरे। उनले संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री आफ्नो पार्टीको साथी भएको हुँदा सहजता हुने बताए।
‘नेपाल एयरलाइन्स बारे यहाँ पनि सुने नेपालमा पनि सुने। अब यहाँबाट फर्किसके पछाडि फर्केकै भोलिपल्टबाट मेरो काम यहाँबाट सरासर जाने हो मेरै पार्टीको साथी छ अहिले पर्यटन मन्त्री हुनुहुन्छ, उनले भने, ‘सरासर गएर उहाँलाई भेट्ने हो र मैले बुझेसम्मको नागरिक उड्डयन प्राधिकरणमा एउटा चिठी अड्केको छ। त्यो चिठीको ग्राफोट त्यहाँबाट फर्काएर कोरिया पठाइदियो भने नेपाल एयरलाइन्स र कोरियाको बिचमा आउने जाने बाटो खुल्छ।’
थापाले एयरलाइन्सको विषय मन्त्रीले सानो पहलकदम गर्ने कुरामा अड्केको बताए। उनले कोरियासम्म उडानको बाटो खुलाउन नपर्ने, गर्न नहुने कुरा नदेखेको हुँदा चाडै यो समस्याको समाधान हुने प्रतिबद्धता व्यक्त गरे।