Naya Update

श्रीलंकाले जित्यो २७ बर्षपछि भारतविरुद्ध ओडिआई सिरिज

Advertisement

धिरेन्द्र भट्ट। श्रावण २३

 

तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले २७ बर्षपछि भारतविरुद्दको एकदिवसीय(ओडिआई) क्रिकेट सिरिज जितेको छ।

बुधबार राजधानी कोलम्बोको प्रेमदासा रंगशालामा भएको खेलमा श्रीलंकाले अन्तिम खेल जित्दै २७ बर्षपछि भारतविरुद्ध सिरिज जित्न सफल भएको हो। २ सय ४९ रनको लक्ष्य पाएको भारतले २६ ओभरमा १ सय ३८ मा अलआउट हुन पुग्यो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५ रन बनाउदा विराट कोहलीले २० रन जोडे। भारतलाई जितबाट रोक्न दुनिथ वेल्लालगेले ५ तथा महेश थेक्षाना र जेफ्री वान्डरसेले २-२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय ४८ रन जोड्न सफल भयो। श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान अविस्खा फर्नान्डोले ९६ तथा कुशल मेन्डिसले ५९ रनको पारी खेलेका थिए। भारतका लागि बलिङतर्फ रियन परागले सर्वाधिक ३ विकेट लिए। अन्य बलर कुलदिप यादव, वासिङ्टन सुन्दर, अक्षर पटेल र मोहम्मद सिराजले समान १-१ विकेट प्राप्त गरे।

तीन खेलको सिरिजको पहिलो खेल बराबरीमा रोकिदा दोस्रो र तेस्रो खेलमा जित निकाल्दै श्रीलंका २७ बर्षपछि भारतविरुद्द एकदिवसीय सिरिज जित्न सफल भएको हो। यसअघि सन् १९९७ मा श्रीलंकाले भारतविरुद्ध ३-० ले अन्तिम एकदिवसीय सिरिज जितेको थियो। उक्त सिरिजमा हालका श्रीलंका टिमका प्रमुख प्रशिक्षक सनथ जयसूर्या ‘म्यान अफ द सिरिज’ बनेका थिए।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search