Naya Update

Day: २३ श्रावण २०८१ २१:२०

नुहाउने क्रममा पोखरीमा डुबेर कंचनपुरमा बालिकाको मृत्युु

नुहाउने क्रममा पोखरीमा डुबेर कंचनपुरमा बालिकाको मृत्युु

कंचनपुरको शुक्लाफाँटा नगरपालिका ४ आशापुरमा पोखरीमा डुबेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ। बुधबार दिउँसो नुहाउने क्रममा घर नजिकैको पोखरीमा डुबेर उक्त बालिकाको मृत्यु भएको हो। १३ वर्षीया बिपना चुनारा साथीसँग नुहाउन पोखरीमा गएकी थिइन्। माछापोखरीमा नुहाउने क्रममा साथीसँगै पौडिन नसकेपछि डुबेकी बिपनाको मृत्यु भएको छ । सँगै डुबेकी साथी जीविका चुनाराको स्थानीय झलारी अस्पतालमा उपचार भइरहेको छ।   इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार स्थानीय माछापोखरीमा नुहाउन गएका एकजनाको मृत्यु र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताएका छन्।
Read More
श्रीलंकाले जित्यो २७ बर्षपछि भारतविरुद्ध ओडिआई सिरिज

श्रीलंकाले जित्यो २७ बर्षपछि भारतविरुद्ध ओडिआई सिरिज

धिरेन्द्र भट्ट। श्रावण २३   तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले २७ बर्षपछि भारतविरुद्दको एकदिवसीय(ओडिआई) क्रिकेट सिरिज जितेको छ। बुधबार राजधानी कोलम्बोको प्रेमदासा रंगशालामा भएको खेलमा श्रीलंकाले अन्तिम खेल जित्दै २७ बर्षपछि भारतविरुद्ध सिरिज जित्न सफल भएको हो। २ सय ४९ रनको लक्ष्य पाएको भारतले २६ ओभरमा १ सय ३८ मा अलआउट हुन पुग्यो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५ रन बनाउदा विराट कोहलीले २० रन जोडे। भारतलाई जितबाट रोक्न दुनिथ वेल्लालगेले ५ तथा महेश थेक्षाना र जेफ्री वान्डरसेले २-२ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५०…
Read More
सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

नुवाकोटको सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटना परि हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ। हेलिकप्टरमा पाइलट अरुण मल्ल बाहेक अरु चिनियाँ नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए। उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन्। रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो।
Read More
नुवाकोटमा हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाकी

नुवाकोटमा हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाकी

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको सेतोपाटीलाई बताए। शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। 'हेलिकप्टर खसेको र आगो लागेको जानकारी आएपछि हामी त्यसतर्फ जाँदैछौं,’ उनले भने, ‘प्रहरीहरू घटनास्थलमा पठाइसकिएको छ।’ हेलिकप्टरमा सवार मानिसहरुको संख्या र दुर्घटनाको क्षती बारे खुल्न बाकी रहेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search