Naya Update

पेरिस ओलम्पिक: पाकिस्तानले जित्यो किर्तिमानी स्वर्ण

Advertisement

पेरिस ओलम्पिकमा पाकिस्तानका अर्साद नदिमले स्वर्ण पदक जितेका छन्। ज्याभलिन थ्रोमा उनले ओलम्पिक कीर्तिमान कायम गर्दै साबिक विजेता तथा विश्व विजेता भारतीय खेलाडी नीरज चोपरालाई पछि पारे। सो स्पर्धामा ग्रेनडाका एन्डरसन पिटर्सले कास्य पदक जिते।

कोभिडबाट सङ्क्रमित हुनुको बाबजुद पौडिएका तीन पटकका विश्व च्याम्पियन अमेरिकी नोह लायस दुई सय मिटर दौडमा तेस्रो भए। सो स्पर्धामा बोत्सवनाका लेटसिलो टेबोगोले स्वर्ण तथा अमेरिकाका केनेथ बेडरनेकले कास्य पदक जिते। १०० मिटरमा स्वर्ण जितेका लायसले गत विश्व च्याम्पियनसिपमा पनि शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेका थिए।

पेरिस ओलम्पिकमा बिहीबारको खेल सकिँदा अमेरिका ३० स्वर्ण सहित शीर्ष स्थानमा छ। अमेरिकाका लागि सिड्नी म्याकगाउलेनले महिला ४०० मिटर हर्डल्समा स्वर्ण पदक दिलाइन्। उनले ५०.३७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन्। सो स्पर्धामा अमेरिकी अन्ना कोरकोलले रजत तथा नेदरल्यान्ड्सका फेम्के बोलले कास्य पदक जिते।

पेरिस ओलम्पिकमा सबै भन्दा नाटकीय खेल बास्केटबलमा पनि देखिएको थियो। स्टार खेलाडीले भरिएको अमेरिका तेस्रो क्वार्टरको अन्त्यसम्ममा १३ अङ्कले पछि थियो। अमेरिकाले अन्त्यमा ९५–९१ ले खेल जितेको हो। ओलम्पिकमा अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा छ। २९ स्वर्णसहित चीनले अमेरिकालाई पछ्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। दाहाल शौचालयमा लडेर घाइते भएका हुन्। टाउको र...
कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

दक्षिण कोरियामा २५६९औं बुद्ध जयन्तीको अवसरमा भव्य रूपमा विशेष समारोह कार्यक्रम आयोजना हुने भएको छ। आगामी बैशाख २८ मा कोरिया स्...
कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस...

‘कनिष्ठ’लाई प्रअ नियुक्त गरेर शमीभञ्ज्याङ माध्यमिक विद्यालयका अध्यक्षको जापान ‘उडान’

धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती विवादमा परेको छ। विद्यालय व्यवस्थापन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search