Naya Update

दक्षिण कोरियाको घट्दो जन्मदर बृद्धि गर्न सरकारका अनेक योजनाहरू असफल

Advertisement

दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको अझै सफलता हात पारेको छैन ।

२०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसङ्ख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो ।

यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ । अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या हो । जसले जनसाङ्ख्यिक र सामाजिक चुनौतीहरू सिर्जना गरेको छ ।

दक्षिण कोरियाकै केन्द्रीय बैंकको तथ्याङ्कले ३० वर्षभन्दा माथिका व्यक्तिहरूको बचत दरमा पनि घटबढ देखाएको छ । पाँच वर्षअघि २९.४ प्रतिशत रहेको बचत दर हाल पहिलो त्रैमासिकमा २८.५ प्रतिशतमा झरेको छ । यसले आर्थिक पाटोमा पनि भविष्यमा समस्या ल्याउने आङ्कलन गरिएको छ ।

कोरियामा २०–३० वर्ष उमेर समूहका युवा युवतीहरूले हालका वर्षहरूमा डिपार्टमेन्ट स्टोरहरू र ठुला होटेलहरूमा अत्यधिक खर्च गरेका छन् । यो अवधि भित्र उनीहरूको यात्रा खर्च ३ वर्षको अवधिमा ३३.३ प्रतिशतबाट बढेर ४०.१ प्रतिशत पुगेको छ । तर यो तथ्यले जन्मदरलाई सुधार्न पर्याप्त योगदान पुर्‍याउन सकेको छैन ।

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो । धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ ।

सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाख वन (५२८ अमेरिकी डलर) दिने गरिएको छ ।

दुई वर्षसम्म प्रत्येक महिना तीन लाख ५० हजार वन अर्थात् २६४ अमेरिकी डलर दिने गरिन्छ । यस्तै, प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरिन्छ । गरिब परिवारलाई थप रकम उपलब्ध गराउने नीति नै लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search