Naya Update

एक लिटर पानीको चौबर मुल्य लिएपछि रेस्टुरेन्टलाई २ लाख जरिवाना

Advertisement

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगर ६ लेकसाइडस्थित द ओल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

अधिकतम खुद्रा मूल्यभन्दा चौबर बढी मूल्य लिएको पाइएपछि प्रशासनले बुधबार द ओल्ड लानलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो।

अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ।

यो कसूर गरे वा गराएमा दुई लाखदेखि तीन लाख जरिवाना गर्न सक्ने प्रावधान छ। यो रेष्टुरेन्टले एक बोतल प्रशोधित पानीलाई एक सय रुपियाँमा बिक्री गरेको बिलसहित उजुरी परेको थियो।

उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना गर्दै कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशन दिइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो। उहाँले प्रचलित ऐन, कानुन पालना गर्दै व्यापार, व्यवसाय गर्न र उपभोक्ताको हितलाई ख्याल गर्नसमेत आग्रह गर्नुभएको छ।

कास्की प्रशासनले शनिबार पोखराको चिप्लेढुङ्गाको मारवाडी सेवा भोजनालयलाई खाजाको प्याकेटमा मूल्य अनुसार कम परिमाण रहेको पाइएपछि दुई लाख जरिवाना गरेको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search