Naya Update

पञ्चाङ्गको विवाद र २०८१ संवत्-को लक्ष्मीपूजा

Advertisement

प्रा.डा.प्रमोदवर्धन काैण्डिन्न्यायन
स्वाद्ध्यायशाला, बुढानीलकण्ठ-६,
काठमाडाैँ, नेपाल।
acharyapramod622@gmail.com

पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत नेपाली पञ्चाङ्गहरूमा लेखिएका लोकमा प्रसिद्ध चाडपर्वका दिनका विषयमा पनि वेलावेलामा विवाद उठिरहेका देखिन्छन्। यस्ता विवाद उठ्नुमा कालको र व्रतपर्वहरूको निर्णय गर्ने आधारभूत ग्रन्थहरूका विषयमा रहेको अस्पष्टता नै मुख्य कारण देखिन्छ।

स्वाद्ध्यायशालाकुटुम्बले पहिल्यै ती आधारभूत ग्रन्थहरूका विषयमा नै विद्वान्हरूमा खुला छलफल भै सिद्धान्त स्पष्ट हुन पर्ने कुरा भन्दै आएको छ। यसै कुरालाइ स्पष्ट गरी “दशैँको निर्णय कुन शास्त्रका आधारमा गर्ने” भन्ने निबन्ध नै २४ वर्ष अगाडि नै प्रकाशित गरेको थियो (नेपालसमाचारपत्र, २०५७।६।१५)। किन्तु त्यस विषयमा खुला विमर्श धेरै चलेको छैन।
धर्मका विषयमा शासकीय पक्षबाट निर्णय थोपर्ने वा नियन्त्रण गर्ने काम उचित हैन। सरकारलाइ सार्वजनिक बिदा दिन चाडपर्वको निर्धारित दिन चाहिने हो। बिदा दिने दिन निर्धारण गर्ने उसको बाध्यता पनि हो। अरु कुरामा सरकारी पक्षले विशेष आग्रह राख्ने नै होइन। यो तेसतेस समुदायका आस्तिक विद्वान्हरूले विमर्शबाट निर्धारण गर्ने हो।

वैदिक परम्पराका धर्मकृत्यकालका निर्णयमा वेदमा आधारित वेदकै कुरा लिएर बनेको लगधमुनिप्रोक्त वेदाङ्गज्योतिषलाई आधार मान्नुपर्छ। यस वेदाङ्गग्रन्थलाइ वास्तै नगर्ने हो भने वेदविरोधी नास्तिक भइन्छ। अतः वैदिक शिक्षापद्धति अनुसार शिक्षा, कल्प, व्याकरण इत्यादि वेदाङ्गजस्तै गरी वेदाङ्गज्योतिष पनि सबै कुलीन ब्राह्मणहरुले पढ्नै पर्छ।

नेपालका विशिष्ट विद्वान् शिवराज आचार्य काैण्डिन्न्यायनबाट रचित व्याख्यासहित वेदाङ्गज्योतिषमा वैदिक कालगणना-पद्धतिको राम्रो व्याख्या भएको छ (चाैखम्बा विद्याभवन, वाराणसी, सन् २००५)।
वेदमा तिथिलाइ अहोरात्र भनिएको छ (शुक्लयजुर्वेदसंहिता २२।२८, तैत्तिरीयसंहिता ७।१।१५०)। अतः वैदिक-सनातन-धर्ममा अहोरात्रात्मक तिथिको ठुलो महत्त्व छ। वेदमा अहाेरात्र किन भनियो पहिले सबैले यस कुरामा गम्भीर रूपमा ध्यान दिन पर्छ। वेदमा नै चन्द्रमालाइ हेरेर औँसी ठम्याउने निर्देश छ।

वेदमा नक्षत्रदर्श व्यक्तिको उल्लेख प्राप्त छ जसले चन्द्रमा तथा नक्षत्रलाइ नियमित रूपमा हेर्दथ्यो — “प्रज्ञानाय नक्षत्रदर्शम्” (मा. शुक्लयजुर्वेद-संहिता ३०।१०)। चन्द्रमा हेरेर उपवास गर्ने निर्देश पनि यजुर्वेदमा छ– “तद्धैके दृष्ट्वोपवसन्ति श्वो नोदेतेति” (माध्यन्दिनीय-शतपथ- ब्राह्मण ११।१४।१।४)। आज पनि वेधशाला र गणना अमावास्या तिथिको समाप्ति-कालको यथार्थ रूपमा जान्न उपयोगी छन्। अमावास्याको भोलिपल्ट प्रतिपदा तेसको भोलिपल्ट द्वितीया त्यसपछिको दिन तृतीया तेसको भोलिपल्ट चतुर्थी एस प्रकार अन्य तिथि क्रमशः मानी कर्म गर्न पर्ने र तेसो गर्दा धेरै दिन लगाएर गर्न पर्ने अनुष्ठानमा बिचमा टुट-बढले ल्याउने गडबडी नहुने देखिन्छ।

संवत् २०८१ मा चल्तीअनुसार मनाइने लक्ष्मी-पूजाका दिनका सम्बन्धमा विवाद देखिएको छ। लक्ष्मीपूजाका दिनका विषयमा भारतमा अहिले ठुलो विवाद चलिरहेको देखिन्छ। यस विषयमा बुझ्न पर्ने कुरा एस प्रकार छ– वैदिक परम्परामा जुन दिन दर्शश्राद्ध हुन्छ त्यही दिन अमावास्या मानिन्छ। त्यसको भोलिपल्ट प्रतिपदा हुन्छ र इष्टि हुन्छ। तसर्थ २०८१ तुला/कात्तिक १६ गते शुक्रवार आकाशको स्थितिसँग मिल्ने दृक्सिद्ध-गणनाअनुसारअमावास्याको समाप्ति साँझ सूर्यास्त (५ः२० बजे) पछि ६ः३७ बजे हुन्छ (वैदिकतिथिपत्रम् २०८१, पृ. ३७)। अतः तेसै दिन दर्शश्राद्ध पनि पर्छ। लक्ष्मीपूजा पनि तेसै दिन पर्छ।

अगिल्लो दिन कृष्ण-चतुर्दशी दृक्सिद्ध गणनाअनुसार दिउसो ४ः१३ बजे सकिएर अमावास्या प्रारम्भ हुने हुँदा साँझ औँसी लागिसकेकाले अगिल्लो दिन नै लक्ष्मीपूजा गर्न पर्छ भन्ने तर्क मान्य नहुने देखिन्छ। वैदिक परम्परामा पर्वान्तकालकाे महत्त्व रहेको छ। चन्द्रमा र सूर्यका बिच कोणीय अन्तर ३४८ अंश कहिले पर्छ र अमावास्या प्रारम्भ हुन्छ भन्ने भन्दा ० अंश कतिखेर हुन्छ र पर्वान्त (अमावास्याको समाप्ति) हुन्छ भन्ने कुरा नै विचार गरिन्छ।

जैमिनीय-धर्ममीमांसा-दर्शन-सूत्र-सङ्कर्षकाण्डमा “विक्रमसन्निपाताै दर्शपूर्णमासयाेरिज्याकालस् तत्संयोगात्” (३।१।१) भनेर यही कुरा भनिएको हो।
हिन्दु वैदिक धार्मिक परम्परामा अघिल्लो दिनको सूर्योदयदेखि पछिल्लो दिनको सूर्योदयसम्म एउटै तिथि मानेर कर्महरू दिनको प्रातः मध्याह्न अपराह्ण इत्यादि समय मिलाएर गर्नुपर्छ।

अतः अनुष्ठानहरू ठीक समयमा गर्न एक दिनमा एउटै तिथि हुन्छ भन्नु युक्तिसङ्गत छ। वेदमा तिथिलाई तिथि नभनी अहोरात्र भनिएको छ र अहोरात्रबाटै अर्धमास अथवा पक्ष र पक्षबाट महिनाहरू बन्ने मानिएको छ (शुक्लयजुर्वेद २२।२८)। यही कुरा वेदाङ्गज्योतिषमा पनि छ।

चान्द्र महिनामा ३० दिनरात मानिएपनि चन्द्रमाको गतिअनुसार चान्द्र महिनामा सालाखाला २९ दिन १२ घण्टा र ४४ मिनेट हुने हुँदा दुइ चान्द्र महिनामा ५९ दिन १ घण्टा ३२ मिनेट भई पुगनपुग १ दिन घट्छ । त्यसैले सामान्यतया दुइ महिनामा १ दिन वा १ तिथि टुटाउने पद्धति वैदिक परम्परामा मानिएको छ। त्यसरी एक दिन वा एक तिथि कम गर्दा चतुर्दशी तिथि टुट्ने हुन्छ । अरु तिथि घटबढ हुँदैनन्।

भारतमा यस वर्ष लक्ष्मीपूजाका दिनका विषयमा ठुलो विवाद भएको छ। कसैले अक्टोबर ३१ तारिख बिहिवार (१५ गते) भनेका छन् भने कसैले नबंबर १ तारिख शुक्रवार (१५ गते) भनेका छन्। कतिपय मानिसहरूले सूर्यसिद्धान्तअनुसारको गणनाबाट १ तारिखमा सूर्यास्त नहुँदै अमावास्या सकिएको देखिने हुँदा अगिल्लै दिन लक्ष्मीपूजा गर्नुपर्छ भनेका छन्। दृक्सिद्ध गणनाका अनुसार चाहिँ सूर्यास्तपछि पनि ३ घडीभन्दा बढी समयसम्म अमावास्या रहने भएकाले १ तारिखमा नै लक्ष्मीपूजा गर्नुपर्ने भन्ने कुरा गरेका छन् । ६० वर्षभन्दा पहिले छापिएको ईश्वरदत्त शर्माद्वारा सम्पादित वेङ्कटेश-शताब्दी-पञ्चाङ्गमा पनि नवंबर १ तारिख (शुक्रवार) नै लक्ष्मीपूजा लेखिएको पाइन्छ (पृ. ११६०)।
पर्वान्तकालको (अमावास्याको समाप्तिकालको) ज्ञानका निम्ति दृक्सिद्ध-गणना नै आकाशको स्थितिसँग मिल्ने हुँदा ग्राह्य हुन्छ। सूर्यसिद्धान्तअनुसारको गणना चाहिँ आकाशीय स्थितिभन्दा फरक पर्छ।

वैदिक पद्धतिमा अमावास्या मान्न चाहिँ पर्वान्त (अमावास्यान्त) काल सूर्यास्तपछिसम्म पुग्नुपर्ने भन्ने छैन। अपराह्णसम्म (दिउसो २ बजेभन्दा पछाडिसम्म) पुगेको औँसीमा नै सबै अमावास्याका कृत्यहरू हुन्छन् भन्ने सिद्धान्त छ। अतः अपराह्णसम्म पुगेका अमावास्यामा लक्ष्मीपूजा पनि गर्नुपर्छ।

अतः यस महिना चल्तीको पर्वसमयअनुसार यस प्रकार पर्वदिनहरू क्रमशः रहेको मान्नु युक्तिसङ्गत हुन्छ–
१४ गते बुधबार- कागतिहार, १५ गते बृहस्पतिवार-कुकुरतिहार, १६ गते शुक्रवार लक्ष्मीपूजा, १७ गते शनिवार- गोवर्धनपूजा र आत्मपूजा, १८ गते आदित्यवार-भाइटीका।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search