नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन्।
साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन्।
‘अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो’, उनले भने, ‘राजीनामा भन्दा पनि अब छाड्छु। क्लबतिर जान्छु । यहाँ अरु नयाँ मान्छेहरु आउँछन्।’