Naya Update

ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा तोकियो, भ्याटसहित प्रतिटिकट ५४ हजार

Advertisement

ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा तोकिएको छ ।वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।

बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि यसको व्यापक विरोध भएको थियो ।

त्यसपछि सरकारले हवाई भाडा दर सस्तो गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा सहभागी युनिभर्सल टुर्सले सबैभन्दा सस्तो दर प्रस्ताव गरेपछि छनोट भएको हो ।शाखाका अनुसार ईपीएस मार्फत काम गर्न नेपालबाट कोरिया जानेका लागि ३ माघ २०८१ देखि एक वर्षका लागि युनिभर्सल टुर्सले उक्त दरमा एकतर्फी हवाई टिकट उपलब्ध गराउने छ ।

यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो ।

अनलाइनखबर मार्फत

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search