निरञ्जन् शर्मा सुवेदी
साधु/सन्त(सन्यासी) को हुन्?
वास्तवमा साधु सन्त भनेका आफ्ना-आफ्ना गार्हस्थ्यादि आश्रमधर्मका साधक वर्णाश्रमधर्मसेवि सज्जनहरु नै हुन्। तैत्तिरीयोपनिषद्को “असन्नेव स भवति” (२।६) इत्यादि वचनको व्याख्यामा आद्यशङ्करभगवत्पादले पनि शास्त्रानुसार वर्णाश्रमधर्मको पालना गर्ने नै साधु वा सन्त हुन्।
वर्णाश्रमधर्मको पालन नगर्नेहरु केवल असाधु वा असन्त हुन् भन्ने कुरा बताउनुभएको छ। अतः नाना चटके वेष-जटा-भस्म-तिलक-आभूषण धारण गरेका तर शास्त्रोक्त आफ्नो आश्रम धर्म को पालना नगर्नेहरु त केवल ढोङ्गी पाखण्डी मात्रै हुन् साधु सन्त हुँदै हैनन भनि स्पष्ट बुझ्नुपर्छ।
वेदको अर्थ बुझ्न कठिन हुँदै गएपछि वेदार्थ बुझाउन मुनिहरुले ६ ओटा वेदाङ्गहरुको (शिक्षा, कल्प व्याकरण, निरुक्त, छन्द र ज्योतिषको) रचना गर्नुभयो। वेद पढ्न नसक्नेलाई सरल भाषामा वैदिक धर्म र दर्शन बुझाउन इतिहास र पुराणको रचना मुनिहरुले गर्नुभयो। तसर्थ सबैले वेदै पढ्न सक्ने र बुझ्न पनि सक्ने भन्ने छैन, पुराणबाट पनि धेरै शिक्षा लिन सकिन्छ। शास्त्रमा “इतिहास-पुराणाभ्यां वेदं समुपबृंहयेत्” भनिएकै छ। तर आजभोलि पुराण भन्नेहरुले पनि वैदिक धर्म र दर्शनका कुरा नै गर्दैनन् र पो सर्वसाधारण अलमलमा परेका छन्।
उपाकुर्वाण ब्रह्मचारिका लागि आचार्य (गुरु) नै तीर्थ हो। अग्नि र वेद भएका गृहस्थका लागि गृह (घर) नै तीर्थ हो। आश्रमान्तरालस्थहरु, विधुरहरु र वानप्रस्थहरु तीर्थयात्राका प्रमुख अधिकारि देखिञ्छन्। साधारणतया तीर्थयात्रामा सबैको अधिकार देखिञ्छ। प्रायश्चित्तार्थक तीर्थयात्रामा पनि सबै नै व्यक्ति अधिकारि हुन्छन्।
(वै.ध.मू.रू. -पृ१०९९)
जसरी ९९% बाबाजीहरु स्वयं को आश्रमधर्ममा छैनन्, ठ्याक्कै उस्तै बहुमत कथावाचकहरु पनि आफ्नो कुल-मूल र स्वधर्ममा छैनन्। धेरैजसो आफ्नो कुल र मूल छोडि कुनै न कुनै अर्वाचीन पन्थ/संप्रदायमा लागेका नै यो क्षेत्रमा रहेको देखिन्छ! दुबै क्षेत्र ढोङ्गशिरोमणिले परिपूर्ण रैछ! थप अयोग्यहरुकै दबदबा र शासन रहेछ दुबै क्षेत्रमा! र जिनको वर्णसङ्कर का कारण जन्मगत बीजबाटै वाचन प्रति शास्त्रोक्त अधिकार लोप भएको छ र तिनै धेरैजसो देखिन्छन् पनि यत्र तत्र! यो क्षेत्र विकृति हुनुको कारण पनि एसरि अयोग्यहरुको सत्तामा पुग्नु का कारण रहेछ भनि बुझियो! दूषित बीजबाट राम्रो उपज को अपेक्षा गर्नु पनि धोका हुञ्छ!
“ब्राह्मणत्वस्य हि रक्षणेन रक्षितः स्यात् वैदिको धर्मः।”
सन्न्यासिले दान दिन-लिन हुँदैन!
वेदमार्गका सन्यासिले कुनै द्रव्य, वस्त्र, गृह, भूमि इत्यादि पनि आँफुले दान लिन पनि हुँदैन, अरुलाइ दान दिन-लगाउन र दान लिन लगाउन पनि हुँदैन भन्ने पनि वेदादिशास्त्रको निश्चित व्यवस्था छ । जस्तै वराटके सङ्गृहीते तत्रतत्र दिनेदिने।
गोसहस्रवधं पापं श्रुतिरेषा सनातनी ॥ – स्कन्दपुराण, काशी. ४१।२५-२६।
(अर्थ – एक कौडि मात्र पनि दान लिने र सङ्ग्रह गर्ने गरेमा तेस-तेस स्थलमा दिन- दिनै हजार गाइ मारेको पाप सन्यासिलाइ लाग्छ, यो सनातन श्रुति हो।)
सन्न्यासि ले कस्ता वस्त्र धारण गर्ने ? के आचरण छ?
उत्तर- सन्न्यासि ले कस्ता वस्त्र धारण गर्ने प्रश्न आएको छ? उत्तर- गुप्ताङ्ग मात्रै ढोक्न लङ्गोट लगाउने! न भए गृहस्थ ले फालेका पुराना वस्त्र लिएर काषाय रङ्ग लगाएर या रङ्ग न लगाइ धारण गर्ने हो भनेर धर्मसूत्र को स्पष्ट विधान छ! सिलाएर चिटिक्क का कपडा लगाउने हैन!
सन्न्यासीले पकाएर वा पकाउन लगाएर खान हुँदैन!
वेदमार्गका सन्न्यासीले अरुले नै पकाएको अन्न भिक्षा मागेर खानुपर्छ, आफूले कुनै वस्तु काट्न, फोर्न, पकाउन हुँदैन; अरुलाई पकाउन लगाएर खान पनि हुँदैन, जुन राष्ट्रमा नैष्ठिक ब्रह्मचारीले वा संन्यासीले पाक गर्न आगामा इन्धन हाल्छन् त्यो राष्ट्र बिलाएर जान्छ; एक पल्ट पनि आफै पकाउने वा पकाउन लगाउने संन्यासीले तीन कृच्छ्र प्रायश्चित्त गर्नुपर्छ, जानिजानि वारंवार पकाउने संन्यासीको त प्रायश्चित्तै हुँदैन, अर्कालाई पकाउन लगाउने संन्यासीले त पशु-पक्षि-कीट-सरीसृपादि तिर्यक्योनिमा जन्म लिन पर्ने हुन्छ इत्यादि भन्ने शास्त्रको उपदेश छ । यस विषयमा पूनाका आनन्दाश्रमबाट प्रकाशित विश्वेश्वरसरस्वतीकृत यतिधर्मसङ्ग्रह भन्ने ग्रन्थमा धेरै वचन सगृहीत छन् । जस्तै-
(क) छेदने भेदने पाके यतिर्यस्तु प्रवर्तते ।
तादृशं कश्मलं दृष्ट्वा प्रेताशौचं विधीयते ॥-यतिधर्मसङ्ग्रह पृ.१०९ ।
(ख) यत्र वर्णी मस्करी वा पाकार्थ पावके तृणम् ।
इन्धनं वा निक्षिपतस्तद् राष्ट्रं लयमेति वै ॥
-लौगाक्षिस्मृति, स्मृतिसन्दर्भ, षष्ठभाग पृ.३३१ ।
(ग) कणपिण्याकतक्रं वा शाकमूलफलादिकम् ।
पक्वं वा यदि वाऽपक्वं पचन्नज्ञानतो यतिः ॥
आचरेत् त्रीणि कृच्छ्राणि प्राकृतान्येव शुद्धये ।
अभ्यासाद् बुद्धिपूर्व हि पाकदोषान् न मुच्यते ॥-यतिधर्मसङ्ग्रह पृ.११७।
(घ) पक्वं वा यदि वाऽपक्वं पाचयेद् यः क्वचिद् यतिः । स्वधर्मस्य तु लोपेन तिर्यग्योनिं व्रजेद् यतिः ॥
– यतिधर्मसङ्ग्रह पृ.१०८ ।
(ङ) स्वयं पक्त्वा तु यो भुङ्क्ते तस्य सान्तपनत्रयम् ।
पाचयित्वा तु यो भुङ्क्ते तस्य कृच्छ्र विधीयते॥
– यतिधर्मसङ्ग्रह पृ.१२०।
यस लेखको सार:-
वेदरक्षा र यज्ञरक्षा को कर्तव्य र जिम्मेबारी बोकेका भूदेवता मानिएका ब्राह्मणहरु नै निम्न कोटिका क्रियाकलाप जस्तै पुराणकथा वाचन, लुटिहोम, दम्भ-ठगियज्ञ, तान्त्रिक अनुष्ठान गर्ने मात्रै तिर लागेर, वेदोक्त वर्णाश्रम धर्म लाइ नै थिचेर मिचेर वेदोक्त वर्णाश्रम धर्म को नै धज्जी उडाएर, ऋषिका वचनको खिल्ली उडाएर, वेदोक्त विधान विरुद्ध सबैलाइ समान बनाउन तिर लागि लागेर स्वयंलाइ वेदमार्गबाट अत्यन्तै स्खलित् पारेर द्रव्यलोलुप राक्षस बन्नतिर लाग्नाले के कति विकृति आउदा रहेछन् भनि अचेल कथा वाचनमा जुन विकृति आएको छ जो पायो त्येसले अयोग्य र अनिधिकारीले समेत सार्वजनिक शास्त्रवाचन गर्न लागेका छन् त्येसबाटै भएपनि बुझेर समय रहदै चेतमा पुगे हुन्थ्यो! वेदादि शास्त्र का विधान कै निन्दा गरि अत्यन्तै च्युत् भएका स्खलित् भएका नास्तिकतुल्य वेदनिन्दक् ऋषिनिन्दक् पातकी क्रियाकलाप गर्न बाट बच्नु पर्छ! सद्बुद्धि पसोस्!