Naya Update

बुबाको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

Advertisement

इलाममा आफ्नै बाबुको हत्याका लागि छोराबुहारीले मान्छे खटाएको खुलेको छ। चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन्।

यो समूहले सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको आरोप छ। पक्राउ परेकामध्ये एडवर्ड र मालती धनराजका आफ्नै छोराबुहारी हुन्। उनीहरूकै योजना र निर्देशनअनुसार बाँकी चार जनाले धनराजको हत्या गरेको इलामका डीएसपी मानबहादुर राईले बताए।

बाबुसँग विवाद भएपछि करिब ८ महिना पहिलेदेखि छोराबुहारी छुट्टै बस्दै आएका थिए। हत्याको एक साता अघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबीच विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ।

२८ माघको दिउँसो ११ बजेतिर धनराज मृत फेला परेको भन्दै प्रहरीलाई खबर आएको थियो । आफ्नै घरको भुईंतलामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

रड, फरुवा, आग्लोलगायत प्रहार गरेर धनराजको हत्या भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search