Naya Update

पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

Advertisement

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले साधारण सभा राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। महासंघको फेब्रुअरी ९ तारिखमा बसेको औपचारिक भर्चुअल बैठकले छलफल मार्फत उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो।

महासंघको कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित ३ बुदे एजेन्डा पारित गरेको छ। सार्वजनिक निर्णयको पहिलो बुदामा संस्थाको साधारणसभा, दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत शिबमाया तुम्बाहाम्फेको स्वागत तथा सार्वजनिक सुनवाइ गर्ने रहेको छ।

साथै महासंघले आयोजना गर्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न कार्यसमिति र पत्रकार महासंघ कोरियाका सदस्यहरुमा आर्थिक भौतिक र नैतिक तवरले सकृय रुपमा लागि पर्न र विभिन्न संघ संस्थाहरु सँग समन्वय गर्ने निर्णय गरेको छ।

कार्यक्रम मार्च ९ तारिखका दिन राजधानी सौलको दोङ्देमुनमा आयोजना गरिने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search