Naya Update

कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ हुँदा भिसा रद्ध हुने जोखिम

Advertisement

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिकहरूले उडानमा ढिलाइ भएको जनाएका छन्। भिसा आइसकेको तर, उडान तालिका नआउँदा आफूहरू मर्कामा परेको सम्बन्धित श्रमिकको भनाइ छ।

ईपीएस अन्तर्गत छनोट भएर सबै प्रक्रिया पूरा गरिसकेका तर, पर्याप्त उडान उपलब्ध नहुँदा आफूहरू जान नपाएको बताएका हुन्। एक श्रमिकले उडानमा ढिलाइ हुँदा भिसा रद्ध हुने अवस्था आएको बताए । एक हजार ७०० को सङ्ख्यामा आफूहरू उडान तालिकाको पर्खाइमा रहेको ती श्रमिकको भनाइ छ।

‘नेपाल सरकार र दक्षिण कोरियाली सरकारबिचको सम्झौताअनुसार श्रमिकहरू निश्चित समयसीमाभित्र रोजगारदातासँग आबद्ध हुनुपर्ने हुन्छ। तर, हाल उडान सङ्ख्या अत्यन्त कम हुँदा १७०० भन्दा बढी नेपाली श्रमिकहरू अन्योलमा परेका छौँ,’ ती श्रमिकले भने।

 

कतिपय श्रमिकहरूको भिसा अवधि सकिँदा उनीहरूको रोजगारी नै गुमिसकेको समेत बताए। नियमित उडान सङ्ख्या वृद्धि गर्न, चार्टर फ्लाइटको व्यवस्था गर्न वा वैकल्पिक उपायहरू खोज्न सरकारसँग उनीहरूले माग गरेका छन्।

 

लामो संघर्ष गरेर कोरियामा रोजगारीका लागि जान छनौट भएको तर, पर्याप्त उडान नहुँदा जानबाट वञ्चित हुने अवस्था आएको उनीहरूको भनाइ छ।

यो विषयमा श्रमिकहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समेत जानकारी गराएका छन्।

वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस शाखा कार्यालयले भिसा आइसकेका सबैले जान पाउने जनाएको छ।

 

शाखा कार्यालयका शाखा अधिकृत कमल श्रेष्ठका अनुसार मार्च महिनाको पहिलो हप्ता ३५५ जनाको उडान तालिका आइसकेको छ। त्यस्तै दोस्रो हप्तामा ६२५ जनाको उडान तालिका आएको छ। भने तेस्रो र चौथो हप्ताका लागि करिब ८०० जना जतिको आउने उनको भनाइ छ । मार्च महिनाभरमा १८०० जना जति कोरिया जान पाउनेछ ।

त्यस्तै अप्रिल र मे महिनाको लागि समेत कोरियाले उडान सेड्युल पठाउनेछ।

कोरियाका लागि उडान टेन्डर प्रक्रियाका कारण उडान तालिकामा केही फरक परेको हो। हाल ट्रान्जिट मार्फत उडान हुँदै आएको छ। यसअघि सिधा उडानमार्फत मात्रै कामदारहरू जाने गरेका थिए। अहिले ट्रान्जिटमार्फत जाँदा हवाई भाडा समेत घटेर ४८ हजार ६६५ रुपैयाँ भएको छ। यसअघि एक लाख २३ हजार हवाई भाडा तिर्दै आएका थिए।

टेन्डर प्रक्रिया डिसेम्बर महिनामा कोरियामा परेका चाडपर्व लगायतका कारणले केही ढिलाइ भएको ईपीएस शाखा कार्यालयले जनाएको छ।

 

भिसा क्यान्सिल हुने अवस्था आउने कामदारलाई प्राथमिकतामा राखेर त्यही अनुसार उडान गरिने शाखा कार्यालयले जनाएको छ। हाल भिसा क्यान्सिल भएकाहरूको हकमा भने उडान तालिकाका कारण नभई अन्य कारणले भएको कार्यालयले जनाएको छ।

रोजगारदाताले सुरुमा कामदार माग्ने र पछि व्यवसाय डाउन भएर क्यान्सिल गर्ने गरेका छन्। जसले गर्दा सम्झौता भइसकेका कतिपय श्रमिकको सम्झौता रद्द हुँदै आएको छ। तर, कामदारको तर्फबाट कुनै समस्या नभएको खण्डमा अन्य कम्पनीमा पठाउनका लागि रिरोस्टर समेत गर्दै आएको छ।

भिसा लागेर उड्न नपाएका श्रमिकहरूले आपत्ति नपर्ने शाखा अधिकृत श्रेष्ठको भनाइ छ। कोरियाको चाडपर्व, टेन्डरको प्रक्रिया जस्ता कारणले उडानमा केही ढिलाइ भएको तर, अब नियमित हुने बताए।

रातोपाटी बाट

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search