११ फाल्गुन २०८१ २१:०३
११ फाल्गुन २०८१ २१:०३
रुपन्देहीको तिलोत्तमा स्थित निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा "फ्लडलाइट्स" जडानको काम सम्पन्न भएको छ। एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट सेयर गर्दै फ्लडलाइट् जडानको काम सम्पन्न भएको बताएका हुन्। मैदानमा फ्लडलाइट्स जडानको काम शनिबारदेखी थालिएको थियो। दुई दिनमा ५ वटा फलडलाइट्सका पोलहरु ठड्याउने र त्यसमा लाईफ जडान गर्ने काम सकिएको छ। उनले भोली(सोमबार) देखि लाईट टेस्टिङको काम सुरु हुने बताएका छन्। उनले लेखेका छन्, 'अन्ततः दिन रात नभनि फ्लड लाईट जडानको काम सकिएको छ। हिजो र आज गरी हामीले पाँचवटै फ्लड लाईट जडान गरेकाे जानकारी तपाइँहरुलाई गराउन पाउँदा हामी हर्षित छौं। भोलिदेखि लाईट टेस्टिङको काम…