Naya Update

पहिलो संस्करणको ‘सेभेन ए साइड फुटबल प्रतियोगिता २०२५’ अप्रिल १३ देखि हुने

Advertisement

दक्षिण कोरियामा ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। नाम्जी एफ.सी. कोरियाको आयोजनामा पहिलो संस्करणको ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’ आगामी अप्रिल १३ देखि चिल्सेवो स्पोर्ट्स पार्कमा आयोजना हुने लागेको हो।

प्रतियोगिताको स्लोगन “स्वस्थ रहन जीवनमा खेलकुद” रहेको छ। आयोजकले प्रतियोगितामा सहभागी भएर आफ्नो टिमको उत्कृष्ट प्रदर्शन देखाउन अपिल गरेको छ।

आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि ३ लाख ५० हजार कोरियन वन(३३ हजार ५ सय ५८ नेपाली रुपैयाँ) शुल्क तय गरेको छ। टिम दर्ताको लागि अन्तिम म्याद अप्रिल ५ सम्मको लागि छुट्याइएको छ।

प्रतियोगिताको विजेता टिमले ४० लाख कोरियन वन(३ लाख ८३ हजार ५ सय २७ नेपाली रुपैयाँ), उपविजेता टिमले २५ लाख कोरियन वन(२ लाख ३९ हजार ७ सय ४) रुपैयाँ र सेमिफाइनलिस्ट टिमहरुले ५ लाख कोरियन वन(४७ हजार ९ सय ४९) नेपाली रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका अन्य विधाका उत्कृष्ट खेलाडिहरुलाई पनि पुरस्कार रकम दिने आयोजकले घोषणा गरेको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकर्ता र अनुशासित टिमले १/१ लाख कोरियन वम(९ हजार ५ सय ८८) नेपाली रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्। आयोजकले अधिक जानकारीका लागि आधिकारिक व्यक्तिहरुको सम्पर्क नम्बर जारी गरेको छ।

सम्पर्क नम्बर:-
०१०-४१४८-२६६०, ०१०-४८८३-९१०४, ०१०-२२६३-९७४१, ०१०-९७६२-३१३६

 

कार्यक्रमको बारेमा :

📅 मिति: अप्रिल १३, २०२५

⏰ समय: बिहान ८ बजे

📍 स्थान: 경남 함안군 칠서면 대치리 281 (칠서체육공원)

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search