Naya Update

Day: १९ फाल्गुन २०८१ १०:५०

बलात्कार अभियोगमा एक प्रहरी जवान पक्राउ

बलात्कार अभियोगमा एक प्रहरी जवान पक्राउ

सिराहामा एक जना प्रहरी जवान पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन्। उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए। महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं, डिएसपी पासवानले भने, विवाह गर्ने सर्तमा यौनसम्बन्ध राखेको र विवाह नगरेकोले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ। उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
Read More
पहिलो संस्करणको ‘सेभेन ए साइड फुटबल प्रतियोगिता २०२५’ अप्रिल १३ देखि हुने

पहिलो संस्करणको ‘सेभेन ए साइड फुटबल प्रतियोगिता २०२५’ अप्रिल १३ देखि हुने

दक्षिण कोरियामा 'सेभेन ए साइड फुटबल प्रतियोगिता' आयोजना हुने भएको छ। नाम्जी एफ.सी. कोरियाको आयोजनामा पहिलो संस्करणको 'सेभेन ए साइड फुटबल प्रतियोगिता' आगामी अप्रिल १३ देखि चिल्सेवो स्पोर्ट्स पार्कमा आयोजना हुने लागेको हो। प्रतियोगिताको स्लोगन "स्वस्थ रहन जीवनमा खेलकुद" रहेको छ। आयोजकले प्रतियोगितामा सहभागी भएर आफ्नो टिमको उत्कृष्ट प्रदर्शन देखाउन अपिल गरेको छ। आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि ३ लाख ५० हजार कोरियन वन(३३ हजार ५ सय ५८ नेपाली रुपैयाँ) शुल्क तय गरेको छ। टिम दर्ताको लागि अन्तिम म्याद अप्रिल ५ सम्मको लागि छुट्याइएको छ। प्रतियोगिताको विजेता टिमले ४० लाख कोरियन वन(३ लाख ८३ हजार ५ सय २७ नेपाली रुपैयाँ),…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search