२ कार्तिक २०८० ०९:१०
२ कार्तिक २०८० ०९:१०
काठमाडौँ, २ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा…