५ कार्तिक २०८० १८:३२
५ कार्तिक २०८० १८:३२

५ कार्तिक २०८० १८:२६
५ कार्तिक २०८० १८:२६
हाम्रो सिकाई एकदम तीव्र गतिका साथ हुनुपर्दछ भन्ने होइन । मूल कुरा सिकाइको रणनीति सही हुनुपर्दछ । सिकाइबाट एकै पटक उपलब्धि प्राप्त गरिने होइन । विभिन्न प्रविधि तथा रणनीति प्रयोग गरेर सिकाइको क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव हुन सक्छ । हामीले सिक्ने तरिका कस्तो हुनुपर्दछ ? त्यसको लागि निम्न रणनीतिहरू उपयोगी हुन सक्दछ । * आफ्नो स्मरण शक्ति बढाउने उपाय खोजौँ * सधैँ नयाँ कुराहरू सिक्न जारी राखौँ * सिक्ने विभिन्न प्रविधिहरू प्रयोग गरौँ * अरू कसैलाई सिकाउने प्रयास गरौँ * पहिले नै थाहा भएको कुराहरूसँग नयाँ जानकारी जडान गरौँ * नयाँ-नयाँ अनुभवहरू प्राप्त गर्ने अवसरहरू खोजौँ * गल्तीहरू, सिकाई प्रक्रियाको भाग हो भन्ने बुझौँ…

५ कार्तिक २०८० १७:३३
५ कार्तिक २०८० १७:३३
काठमाडौँ । गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । प्यालेस्टिनी पत्रकार रुस्दी सरराजको गाजामा रहेको उनको घरमा इजरायली हमलामा मृत्यु भएको स्थानीय पत्रकार र सहकर्मीहरूले बताएका छन्। ' मेरो नजिकको साथी, रुस्दी सरराज, उनको घरमा इजरायली बम बारीमा मारिए। उहाँ एक प्रतिभाशाली फोटो पत्रकार र निर्देशक हुनुहुन्थ्यो ।' अन्तर्राष्ट्रिय फोटो पत्रकार विसाम नस्सरले इन्स्टाग्राममा भनेका छन् । आइतबार सरराजको मृत्यु भएको खबर अन्य धेरै स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा दिएका छन्।

५ कार्तिक २०८० १६:३४
५ कार्तिक २०८० १६:३४
काठमाडौँ । मुगुको रारामा घुम्न आउने पर्यटकहरूको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ । विशेष गरेर नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध तालको रूपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरूले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरूको सङ्ख्या अत्यधिक बढेको बताइन्छ । पहिला पर्यटकले यो ठाउँमा सहजै बास पाउने अवस्था थिएन तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधा सम्पन्न होटलहरु भइसकेका छन् । यही कारण रारा घुम्न आउनेहरूको भीड बढेको छ । रारा ताल जानको…

५ कार्तिक २०८० १६:१७
५ कार्तिक २०८० १६:१७
काठमाडौँ । तौल बढाउन जति सजिलो हुन्छ, त्यति नै कम गर्नका लागि हाम्रो पसिना बग्दछ । तौल घटाउन निकै गाह्रो हुन्छ किनभने डाइटमा धेरै खानपिनका सामग्रीहरू प्रतिबन्धहरू गरिएका हुन्छन्, जसका कारण मानिसले आफ्नो मन पर्ने चीजहरूबाट टाढा रहनुपर्छ। यदि तपाई अझै पनि तौल घटाउने सोचमा हुनुहुन्छ र तपाईँको स्वस्थ आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने आज हामी तपाईँलाई यी टिप्सहरू दिएर सहयोग गर्नेछौँ । यो कुरा सत्य छ कि तौल घटाउन खोज्दा धेरै चीजहरू जस्तै जङ्क फुडलाई पुरै बेवास्ता गर्नुपर्छ र कडा आहारको पालना गर्नुपर्छ। तर हामी तपाईँलाई भनौँ कि तपाईँले आफ्नो आहारमा वजन घटाउने यी व्यञ्जनहरू समावेश गरेर छिटो तौल…

५ कार्तिक २०८० ०८:१८
५ कार्तिक २०८० ०८:१८
काठमाडौँ, कार्तिक ५ । गोरखाको आबुखैरेनी केन्द्रबिन्दु भएर दोस्रो भूकम्प आएको छ । भूकम्पको गहिराई ५.२ मेग्नीच्युडको थियो । काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । यसअघि वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।