Naya Update

शिक्षा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ। नगरप्रमुख गाउँमा हिँड्दा, विद्यालयमा जाँदा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगरेको भन्दै शिक्षक बराललाई सरुवा गरेको पाइएको हो। शिक्षक बरालले आफूहरूले व्यक्तिगत प्रशंसा गर्न नसकेको र त्यसैका आधारमा दैनिक धम्क्याउने मात्र होइन, शिक्षा समितिको निर्णयविपरीत सरुवा गर्ने गरेकोप्रति आपत्ति जनाउनुभयो। शिक्षक बरालसहित खेमराज न्यौपानेलाई पनि नगरप्रमुख शाहीले सरुवा गर्नुभएको हो। शिक्षा समितिको बैठकमा व्यक्तिगत आग्रह पूर्वाग्रहले विद्यालयमा राम्रो गरिरहेका शिक्षकद्वय बराल र न्यौपानेलाई नगरप्रमुख शाहीले शाखालाई तुरुन्त सरुवा गर्न निर्देशन दिनुभएको थियो। शिक्षकले पाउने सेवाबाट दुई हजारदेखि…
Read More
सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन आगामी चैत २७ मा हुनेगरी टुंगो लगाएको छ। विश्वविद्यालय कार्यकारी परिषदको फाल्गुन ११ गते बसेको बैठकबाट स्ववियु निर्वाचनको मिति टुंगो लागेको रजिस्ट्रार कार्यालयले जनाएको हो। कार्यालयले चैत २७ मा केन्द्रीय क्याम्पस सहित आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने बताएको छ। त्यसैले सबै विभागहरूमा भर्ना हुन बाकी विद्यार्थीहरूलाई १० गतेसम्म भर्ना गराउन विभागहरुलाई आदेश जारी गरेको छ। सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने विषय विगत १ बर्षदेखी चर्चामा रहेको थियो। तर विभिन्न राजनीति दलहरुका भातृ संगठनहरूबिचको आन्तरिक र वाह्य खिचातानीले निर्वाचनको मिति अन्योलमा परेको थियो।
Read More
कक्षा १२ को नतिजा २०८० : रौलेश्वर बेलडाँडी पालिकामै प्रथम

कक्षा १२ को नतिजा २०८० : रौलेश्वर बेलडाँडी पालिकामै प्रथम

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो। गत बैशाख दोस्रो सातादेखि परीक्षा संचालन भएको कक्षा १२ को साउन १८ गते साझ परीक्षाफल प्रकाशित गरेको थियो। कक्षा १२ को परीक्षामा बेलडाँडीको रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ। बेलडाँडी गाँउपालिकामा कक्षा १२ को परीक्षमा तीन मात्रै सामुदायिक विद्यालय सहभागि भएका थिए। उक्त तीन विद्यालयको तथ्याङ्क अनुसार रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ। बेलडाँडी गाँउपालिका २ रौलेश्वर माविले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल ६७ मा २६ विद्यार्थी उर्तिण भएका छन। एक मात्रै विषय लागेका २०, दुई विषय…
Read More
सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ। नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो। उक्त पुस्तक बिक्रीवितरणबाट १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ। प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले बताए। ‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। केही…
Read More
त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

११ पौष, काठमाण्डौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन माग गरेको छ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै नेविसंघले उपकुलपति राजनीतिक भागबन्डाका आधारमा नगर्न आग्रह गर्दै खुला प्रतिस्पर्धाबाट योग्यलाई उपकुलपति नियुक्त गर्न माग गरेको हो । त्रिवि केन्द्रीय क्याम्पस र उपत्यकाभित्रका आंगिक तथा सम्बन्धनप्राप्त ५१ क्‍याम्पसबाट पत्र अभियान सञ्चालन गरिएको र यो अभियानबाट १२ हजार चार सय १५ विद्यार्थीको हस्ताक्षरसहितको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको नेविसंघ ले जनाएको छ ।विश्वविद्यालयलाई दलीयकरण र राजनीतिक भागबन्डाको अन्त्यका लागि पत्र अभियानमा जोडिन पनि नेविसंघले आग्रह गरेको छ।
Read More
विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई

विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई

८ पौष, काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेता र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउन कानुनी जटिलता हुन सक्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । राईले विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था रहेको उल्लेख गरे । यी व्यवस्थाका कारण त्यो सम्भव हुन नसक्नेतर्फ उनले संकेत गरे । उनले निश्चित समयसीमा दिएर सो दिशातिर जान भने सकिने आफ्नो धारणा रहेको बताए । विद्यार्थीलाई कर लगाएर सामुदायिक विद्यालयमा पढाउनेभन्दा पनि गुणस्तर बढाएर आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
Read More
अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

६ पुस, काठमाडौं - काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न महानगरपालिकाले निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्। अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो। सूचना:
Read More
संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो: प्रधानमन्त्री पुष्पकमल दाहाल

संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो: प्रधानमन्त्री पुष्पकमल दाहाल

२ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालय शिक्षामा  मयअनुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिने  पनि बताएका छन् । ‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समातामूलक र सबै वर्ग, समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयअनुकूल सुधार गर्दै लैजानुपर्छ ।’ आगामी दिनमा प्राविधिक शिक्षाको भूमिका अझै बढाउँदै लैजानुपर्ने प्रधानमन्त्री दाहालले बताए । ‘उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न…
Read More
भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ : राष्ट्रपति रामचन्द्र पौडेल

भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ : राष्ट्रपति रामचन्द्र पौडेल

२ पुस, काठमाण्डौं  - राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासमा सरकारले ठूलो लगानी गरे पनि प्रर्याप्त नभएको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताए ।  शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आवस्यक रहेको औंल्याउँदै दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्नसमेत उनले आग्रह गरे । ‘सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘भोलि देशलाई कुन दिशामा लैजाने हो । त्यो तपाईंहरूकै हातमा…
Read More
शुक्रबार बिहान ६ बजे सर्भर डाउन हुँदा एनओसी वितरण रोकियो

शुक्रबार बिहान ६ बजे सर्भर डाउन हुँदा एनओसी वितरण रोकियो

२ पुष, काठमाण्डौं  — सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ। सरकारले भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकिरहेको छैन । तीन/चार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ। यसै विच हस्तलिखित एनओसी दिने तयारी गरिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने बताए । ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search